काभ्रेमा कोरोना सङ्क्रमणदर शून्यमा झर्दै « Khabarhub

काभ्रेमा कोरोना सङ्क्रमणदर शून्यमा झर्दै


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको सात स्थानीय तह कोरोना सङ्क्रमण मुक्त भएका छन् । दुई नगरपालिका र पाँच गाउँपालिका कोरोना सङ्क्रमण मुक्त भएपछिको पछिल्लो दुई दिनदेखि थप सङ्क्रमीत देखिएको छैन ।

कोरोना सङ्क्रमण मुक्त हुनेमा नमोबुद्ध र मण्डनदेउपुर नगरपालिका तथा तेमाल, खानीखोला, बेथानचोक, महाभारत र चौंदेउराली गाउँपालिका रहेका छन् । पाँचखाल नगर र भुम्लु गाउँपालिकामा एक÷एक सक्रिय सङ्क्रमित रहेको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचार केन्द्र (डिसिसिएमसी)ले जनाएको छ ।

केन्द्रका अनुसार पछिल्लो दुई दिनदेखि जिल्लामा थप सङ्क्रमण नपाइएको र बिहीबार १३ जना सङ्क्रमण मुक्त भएका हुन् । जिल्लामा छ नगरपालिका र सात गाउँपालिका छन् । जिल्लामा हाल १६ सक्रिय सङ्क्रमितमध्ये धुलिखेल नगरमा छ, बनेपामा दुई, पनौतीमा चार र रोशी गाउँपालिकामा चार सङ्क्रमित रहेको पाइएको र यसअघिका केही दिनसम्म सङ्क्रमणदरभन्दा सङ्क्रमण मुक्तदर अधिक रहेको केन्द्रको तथ्याङ्कले देखाएको थियो ।

जिल्लामा हालसम्म १७ हजार ५५० मा सङ्क्रमण देखिएकामा १९५ को मृत्यु भएको छ । कोरोना सङ्क्रमणको तेस्रो लहरमा जिल्लामा एक पुरुषको मृत्यु भएको थियो । हालसम्म कूल सङ्क्रमितमध्ये ९८ दशमलब ७९ प्रतिशत अर्थात् १७ हजार ३३९ सङ्क्रमण मुक्त भइसकेका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  १२ : ५० बजे

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका