माओवादी बैठक सकियो, गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी « Khabarhub

माओवादी बैठक सकियो, गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारुढ माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित छलफल सकिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालय बैठकले गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

बैठक प्रचण्ड निवास खुमलटारमा बसेको थियो । बैठकमा केन्द्रीय कार्यालयका साथै पूर्वस्थायी समिति सदस्य तथा मन्त्रीहरूको पनि उपस्थिति थियो ।

बैठकले एमसीसीबारे पार्टीको पूर्ववत् सैद्धान्तिक धारणामा रही गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी भएको प्रचण्डकी छोरी गंगा दाहालले जानकारी दिइन् ।

बैठकमा माओवादी नेताहरूले एमसीसी पास वा फेल जे भए पनि गठबन्धन भने नटुटाउने विषयमा आ-आफ्नो धारणा राखेका थिए । केही नेताले माओवादी सरकारमै रहँदा छलफल गरी ल्याएको एमसीसीको विपक्षमा जाँदा विश्वसनीयताको प्रश्न पनि उठ्ने धारणा राखेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै सरकारमा रहने नरहने बारे निर्णय गर्न दबाब दिए पनि माओवादी केन्द्रले आफ्ना मन्त्रीहरूबारे कुनै निर्णय भने गरेन । माओवादी केन्द्रले अन्तिम पटक गठबन्धन बैठक राखेर पार्टीको अडान राख्ने एक नेताले बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  १२ : ५६ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल