एमालेद्वारा निर्वाचन आयोगमा दल दर्ता « Khabarhub

एमालेद्वारा निर्वाचन आयोगमा दल दर्ता


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा(एमाले)ले स्थानीय निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

दल दर्ताका लागि महासचिव शंकर पोखरेलको नेतृत्वको टोली शुक्रबार निर्वाचन आयोग पुगेको थियो । दल दर्तापछि एमाले महासचिव पोखरेलले प्रमुख दलहरुबीचमा आधारभूत सहमति हुनुपर्ने बताए । उनले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा एमाले निर्वाचनको तयारीमा जुटेको जानकारी दिए। पोखरेलले अहिले सरकार परिवर्तन गर्ने पक्षमा आफुहरु नरहेको भन्दै लोकतन्त्रलाई सहि बाटोमा हिडाउनका लागि एमाले प्रतिवद्ध रहेको जिकिर गरे ।

सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको चुनावको मिति घोषणा गरेपछि निर्वाचन आयोगले यही फागुन ५ देखि १५ सम्म दल दर्ताको समय तोकेको छ । अहिलेसम्म ४० वटा दल दर्ताका लागि निवेदन प्राप्त भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । यसअघि दर्ता भएका दलले पनि निर्वाचन प्रयोजनका लागि पुन दल दर्ता गर्नुपर्ने उनको भनाई छ ।

आयोगले स्थानीय तह निर्वाचनको तयारी पनि तीव्र रुपमा भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ३ : ०५ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन