एमालेद्वारा निर्वाचन आयोगमा दल दर्ता « Khabarhub

एमालेद्वारा निर्वाचन आयोगमा दल दर्ता


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा(एमाले)ले स्थानीय निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

दल दर्ताका लागि महासचिव शंकर पोखरेलको नेतृत्वको टोली शुक्रबार निर्वाचन आयोग पुगेको थियो । दल दर्तापछि एमाले महासचिव पोखरेलले प्रमुख दलहरुबीचमा आधारभूत सहमति हुनुपर्ने बताए । उनले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा एमाले निर्वाचनको तयारीमा जुटेको जानकारी दिए। पोखरेलले अहिले सरकार परिवर्तन गर्ने पक्षमा आफुहरु नरहेको भन्दै लोकतन्त्रलाई सहि बाटोमा हिडाउनका लागि एमाले प्रतिवद्ध रहेको जिकिर गरे ।

सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको चुनावको मिति घोषणा गरेपछि निर्वाचन आयोगले यही फागुन ५ देखि १५ सम्म दल दर्ताको समय तोकेको छ । अहिलेसम्म ४० वटा दल दर्ताका लागि निवेदन प्राप्त भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । यसअघि दर्ता भएका दलले पनि निर्वाचन प्रयोजनका लागि पुन दल दर्ता गर्नुपर्ने उनको भनाई छ ।

आयोगले स्थानीय तह निर्वाचनको तयारी पनि तीव्र रुपमा भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ३ : ०५ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक