ए डिभिजन लिगः संकटा र जावलाखेलबीचको खेलमा बराबरी « Khabarhub

ए डिभिजन लिगः संकटा र जावलाखेलबीचको खेलमा बराबरी


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत शुक्रबार भएको जावलाखेल युथ क्लब र संकटा क्लबबीचको खेल बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा जावलाखेल र संकटाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको १५ औँ मिनेटमा सुनिल खड्काले गरेको गोलबाट जावलाखेलले अग्रता लिएको थियो । १५औँ मिनेटमा ओन्गुना जुनियरको क्रसमा सुनिलले वान टच फिनिस गरे ।

उत्तम राईले ६१ औँ मिनेटमा गोल गरेपछि संकटा खेलमा फर्किएको थियो । सुवास गुरुङको कर्नरमा उत्तमले हेडमार्फत् बललाई जाली चुमाएका थिए ।

बराबरीसँगै लिगमा १६ अंक जोडेको संकटा तालिकाको सातौँ स्थानमा यथावत् छ । संकटाले लिगमा १३ खेलमध्ये तीन जित, सात बराबर र तीन खेलमा हारको नतिजा ल्याएको छ । त्यस्तै,

तीनमा जित, चारमा बराबर र पाँच खेलमा पराजय ब्यहोरेको जावलाखेलले १४ अंक ल्याएर तालिकाको नवौँ स्थानमा छ ।

लिगमा ११ औँ चरण चलिरहँदा साविक विजेता मछिन्द्र फुटबल क्लबले उपाधि रक्षा गरेको थियो । त्यस्तै, च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब दोस्रो डिभिजनमा घटुवा भइसकेका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ३ : ३० बजे

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको