युक्रेनको नियति भोग्नुपर्ने अवस्था नआओस्ः खनाल « Khabarhub

युक्रेनको नियति भोग्नुपर्ने अवस्था नआओस्ः खनाल


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले युक्रेनले अहिले भोगेको अवस्था नेपालले पनि भोग्नुपर्ने स्थिति आउन दिन नहुने बताएका छन् ।

कमलादीस्थित प्रज्ञा भवन परिसरमा शुक्रबार भएको एमसीसीविरुद्ध खबरदारी कार्यक्रममा उनले एमसीसी अनुमोदन गर्दा चीनसँगको सम्बन्ध बिग्रिन सक्ने बताए ।

‘अहिले रुस–युक्रेन युद्ध चलिरहेको छ । युक्रेनका कारण आफूमाथि सुरक्षा चुनौती बढेको भन्दै रुसले आक्रमण ग¥यो । अहिले युद्ध चलिरहेको छ,’ खनालले भने, ‘नेपालले पनि यसबाट सिक्नुपर्छ । टाढाको कुरा सुन्दा छिमेकी देशसँगको सम्बन्ध बिग्रिने अवस्था नआओस् ।’

एमसीसीको प्रक्रिया आफू प्रधानमन्त्री हुँदा सुरुवात नगरेको भन्दै उनले डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सुरु भएको बताए । एमसीसी नेपालको हितमा नरहेको भन्दै उनले संसदमा अनुमोदन गर्ने विषयमा पनि आपत्ति जनाए । ‘आलु, टमाटर बेच्दा अनुमोदन गर्न नपर्ने, अनि बिजुली बेच्न चाहिँ अनुमोदन गर्नुपर्ने ?,’ खनालले प्रश्न गरे ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ४ : ०७ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक