युक्रेनको नियति भोग्नुपर्ने अवस्था नआओस्ः खनाल « Khabarhub

युक्रेनको नियति भोग्नुपर्ने अवस्था नआओस्ः खनाल


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले युक्रेनले अहिले भोगेको अवस्था नेपालले पनि भोग्नुपर्ने स्थिति आउन दिन नहुने बताएका छन् ।

कमलादीस्थित प्रज्ञा भवन परिसरमा शुक्रबार भएको एमसीसीविरुद्ध खबरदारी कार्यक्रममा उनले एमसीसी अनुमोदन गर्दा चीनसँगको सम्बन्ध बिग्रिन सक्ने बताए ।

‘अहिले रुस–युक्रेन युद्ध चलिरहेको छ । युक्रेनका कारण आफूमाथि सुरक्षा चुनौती बढेको भन्दै रुसले आक्रमण ग¥यो । अहिले युद्ध चलिरहेको छ,’ खनालले भने, ‘नेपालले पनि यसबाट सिक्नुपर्छ । टाढाको कुरा सुन्दा छिमेकी देशसँगको सम्बन्ध बिग्रिने अवस्था नआओस् ।’

एमसीसीको प्रक्रिया आफू प्रधानमन्त्री हुँदा सुरुवात नगरेको भन्दै उनले डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सुरु भएको बताए । एमसीसी नेपालको हितमा नरहेको भन्दै उनले संसदमा अनुमोदन गर्ने विषयमा पनि आपत्ति जनाए । ‘आलु, टमाटर बेच्दा अनुमोदन गर्न नपर्ने, अनि बिजुली बेच्न चाहिँ अनुमोदन गर्नुपर्ने ?,’ खनालले प्रश्न गरे ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ४ : ०७ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन