एमसीसी सम्झौता गर्नेलाई ढुङ्गा हान्दैनन्, मलाई हान्छन् : अध्यक्ष ओली « Khabarhub

एमसीसी सम्झौता गर्नेलाई ढुङ्गा हान्दैनन्, मलाई हान्छन् : अध्यक्ष ओली


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बस्ने र एमसीसीको विरोधमा उत्रने सत्ता गठबन्धन आवद्ध दलहरूको कार्यप्रति कटाक्ष गरेका छन्। शुक्रवार पोखरा पुगेका अध्यक्ष ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादीविरुद्ध कडा रोष प्रकट गरे।

एमसीसीको प्रक्रियामा भाग लिँदै आएका पार्टीका पूर्वनेताहरुलाई ढुङ्गा नहानिएको तर आफूलाई हानेको भन्दै ओलीले रोष व्यक्त गरेका छन्।

‘एमसीसीका लागि चिठी पठाउने झलनाथ खनाललाई ढुङ्गा हानिन्न। बाबुराम भट्टराईलाई हानिन्न। ठीक छ भनी सही गर्ने महरालाई हानिन्न्’, जसपाका नेता कार्यकर्ता एमालेमा भित्र्याउन पोखरा पुगेका ओलीले भने, ‘कांग्रेसले पास गर्नुपर्छ भन्छ। उसलाई ढुङ्गा हानिन्न। सम्झौता गर्नेलाई कसैले ढुङ्गा हान्दैन। म बाटोमा हिंड्छु। ढुङ्गा हान्छन्।’

एमसीसी प्रक्रियामा लैजानेलाई ढुंगा हान्न छाडेर माओवादी, एकीकृत समाजवादीका कार्यकर्ताले निर्दोषमाथि ढुंगामुडा गरेको ओलीको आरोप थियो।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ४ : १५ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय