एमसीसी सम्झौता गर्नेलाई ढुङ्गा हान्दैनन्, मलाई हान्छन् : अध्यक्ष ओली « Khabarhub

एमसीसी सम्झौता गर्नेलाई ढुङ्गा हान्दैनन्, मलाई हान्छन् : अध्यक्ष ओली


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बस्ने र एमसीसीको विरोधमा उत्रने सत्ता गठबन्धन आवद्ध दलहरूको कार्यप्रति कटाक्ष गरेका छन्। शुक्रवार पोखरा पुगेका अध्यक्ष ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादीविरुद्ध कडा रोष प्रकट गरे।

एमसीसीको प्रक्रियामा भाग लिँदै आएका पार्टीका पूर्वनेताहरुलाई ढुङ्गा नहानिएको तर आफूलाई हानेको भन्दै ओलीले रोष व्यक्त गरेका छन्।

‘एमसीसीका लागि चिठी पठाउने झलनाथ खनाललाई ढुङ्गा हानिन्न। बाबुराम भट्टराईलाई हानिन्न। ठीक छ भनी सही गर्ने महरालाई हानिन्न्’, जसपाका नेता कार्यकर्ता एमालेमा भित्र्याउन पोखरा पुगेका ओलीले भने, ‘कांग्रेसले पास गर्नुपर्छ भन्छ। उसलाई ढुङ्गा हानिन्न। सम्झौता गर्नेलाई कसैले ढुङ्गा हान्दैन। म बाटोमा हिंड्छु। ढुङ्गा हान्छन्।’

एमसीसी प्रक्रियामा लैजानेलाई ढुंगा हान्न छाडेर माओवादी, एकीकृत समाजवादीका कार्यकर्ताले निर्दोषमाथि ढुंगामुडा गरेको ओलीको आरोप थियो।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ४ : १५ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक