खोटाङमा कोभिड सक्रिय संक्रमितको संख्या ३६ मा झर्‍यो « Khabarhub

खोटाङमा कोभिड सक्रिय संक्रमितको संख्या ३६ मा झर्‍यो


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङमा कोभिड-१९ बाट सक्रिय संक्रमितको संख्या ३६ मा झरेको छ । बिहीबार ४१ जना सक्रिया संक्रमित रहेको जिल्लामा संक्रमण दर निरन्तर ओरालो लागिरहेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । शुक्रबार थप पाँचजनाले संक्रमण जितेका हुन् ।

१० जनाको एन्टीजेन परीक्षण गर्दा कसैलाई पनि संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भीष्म पाण्डेले जानकारी दिए । सक्रिय संक्रमित होम आइसोलेसनमा बसिरहेका छन् ।

जिल्लामा कोरोना संक्रमणको पहिलो, दोस्राे र तेस्राे लहरमा गरी हालसम्म तीन हजार चार सय ८८ जनालाई संक्रमण पुष्टि हुँदा निको हुनेको कुल संख्या तीन हजार चार सय ७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

हालसम्म जिल्लाका एक लाख २१ हजार चार सय ३० जनाले पहिलो मात्राको र एक लाख सात हजार ४२ जनाले दोस्राे मात्राको खोप लगाइसकेका छन् । कोभिड-१९ को पहिलो र दोस्राे लहरमा जिल्लाका १५ जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ४ : २८ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक