खोटाङमा कोभिड सक्रिय संक्रमितको संख्या ३६ मा झर्‍यो « Khabarhub

खोटाङमा कोभिड सक्रिय संक्रमितको संख्या ३६ मा झर्‍यो


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङमा कोभिड-१९ बाट सक्रिय संक्रमितको संख्या ३६ मा झरेको छ । बिहीबार ४१ जना सक्रिया संक्रमित रहेको जिल्लामा संक्रमण दर निरन्तर ओरालो लागिरहेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । शुक्रबार थप पाँचजनाले संक्रमण जितेका हुन् ।

१० जनाको एन्टीजेन परीक्षण गर्दा कसैलाई पनि संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भीष्म पाण्डेले जानकारी दिए । सक्रिय संक्रमित होम आइसोलेसनमा बसिरहेका छन् ।

जिल्लामा कोरोना संक्रमणको पहिलो, दोस्राे र तेस्राे लहरमा गरी हालसम्म तीन हजार चार सय ८८ जनालाई संक्रमण पुष्टि हुँदा निको हुनेको कुल संख्या तीन हजार चार सय ७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

हालसम्म जिल्लाका एक लाख २१ हजार चार सय ३० जनाले पहिलो मात्राको र एक लाख सात हजार ४२ जनाले दोस्राे मात्राको खोप लगाइसकेका छन् । कोभिड-१९ को पहिलो र दोस्राे लहरमा जिल्लाका १५ जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ४ : २८ बजे

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट