आन्दोलनका कारण बर्खास्त गरिएका कर्मचारीलाई सम्मान « Khabarhub

आन्दोलनका कारण बर्खास्त गरिएका कर्मचारीलाई सम्मान


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– तीन दशकअघि खोटाङमा भएको कर्मचारी आन्दोलनमा सहभागी हुँदा जागिरबाट निकालिएका चार कर्मचारीलाई सम्मान गरिएको छ ।

२०४८ साउन १५ मा नेपाल निजामती कर्मचारी संगठनले दिक्तेलमा सरकारविरुद्ध निकालेको जुलुसमा सहभागी भएपछि उनीहरूलाई जागिरबाट निकालिएको थियो ।

बर्खास्तीमा परेका नासु रामकाजी खत्री, चन्द्रप्रसाद आचार्य, रामविक्रम थापा र चित्रकुमार बजिमयलाई शुक्रबार सम्मान गरिएको छ ।

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति खोटाङको ११ औँ जिल्ला अधिवेशन उद्घाटनको अवसरमा उनीहरूलाई संगठनका केन्द्रीय सहसंयोजक लेखनाथ कोइराला र प्रदेश १ की पूर्वसामाजिक विकासमन्त्री उषाकला राईले खादा ओढाएर सम्मानपत्रसहित सम्मान गरेका हुन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ५ : ०४ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक