गृहद्वारा विमानस्थल घटनाको छानबिन गर्न समिति गठन « Khabarhub

गृहद्वारा विमानस्थल घटनाको छानबिन गर्न समिति गठन


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट र भिसा बिना नै एक व्यक्ति पुगेको घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।

गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्रमणि पोखरेलले आज एक विज्ञप्ति जारी गरी कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट र भिसा बिना नै एक व्यक्ति पुगेको घटना सुरक्षाको दृष्टिले अति नै संवेदनशील विषय भएको भन्दै यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।

सो सम्बन्धमा विमानस्थलको सुरक्षा अवस्था, विभिन्न निकायको कार्यविभाजन, कमजोरी र सुधारका उपायका सम्बन्धमा अध्ययन गर्न अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजकत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरिएको प्रवक्ता पोखरेलले जानकारी दिए ।

उक्त समितिले सात दिनभित्र प्रतिवेदन पेश गरिसक्नुपर्नेछ । यही फागुन ९ गते एक व्यक्ति पासपोर्ट र भिसा बिना नै जहाजसम्म पुगेका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ५ : ३३ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा