युद्धको दोस्रो दिन युक्रेनको राजधानी कीभ कब्जा गर्दै रुसी सेना | Khabarhub Khabarhub

युद्धको दोस्रो दिन युक्रेनको राजधानी कीभ कब्जा गर्दै रुसी सेना


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुसी सेना युक्रेनको राजधानी कीभमाथि नियन्त्रणमा लिन भिडन्त जारी राखेका छन्। हिजोबाट सैन्य कारवाही थालेका रुसी सैनिकहरू राजधानी कीभलाई कब्जा गर्न युक्रेनी सैनिकहरूसँग युद्ध जारी राखेका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनका अनुसार युक्रेनको राजधानी कीभमा रुसी सेना र युक्रेनी सैनिकहरूबीच भीषण भिडन्त भइरहेको छ।

रुसी सेना ट्याङ्कसहित युक्रेनको राजधानी कीभभित्रै पुगेपछि ठूलाठूला विस्फोटनको आवाज सुनिएको सीएनएनले जनाएको छ। युक्रेनी सेनाले पनि रुसी सैनिकहरू राजधानी कीभको उत्तरी भेगसम्म पुगिसकेको पुष्टि गरेपनि अन्तिमसम्म युद्ध लड्ने जनाएको छ। युक्रेनी अधिकारीहरूले सबैलाई सैनिक सेवामा भर्ना हुन र स्थानीय बासिन्दालाई रुसी सेनाको प्रतिकार गर्न आग्रह गरिरहेका छन्। यसैबीच बेलायतका रक्षामन्त्री बेन वोलिसले करिब ४ सय ५० जना रुसी सैनिक युक्रेन युद्धमा मारिएको दाबी गरेका छन्।

बेलायतको रेडियो फोरसँग वोलिसले आक्रमणको पहिलो दिन रुसले युक्रेनको कडा प्रतिरोधका कारण कुनै सैन्य लक्ष्य हासिल गर्न नसकेको दाबी गरे। यता ब्ल्याक सीको एउटा टापुमा आत्मसमर्पण गर्न नमानेका १३ युक्रेनी सीमा रक्षा बलका सदस्यहरूको रुसले हत्या गरेको जनाइएको छ। संयुक्त राष्ट्रसङ्घले युक्रेनमाथि रुसी हवाई आक्रमणमा कम्तीमा २५ गैरसैनिक मारिउको र १ सय २ जना घाइते भएको जनाएको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ६ : २५ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका