एससीसी सम्झौताबाट आउनेमध्ये ३० अर्ब एनजीओ आईएनजीओलाई बाँडिनेछ : झलनाथ खनाल | Khabarhub Khabarhub

एससीसी सम्झौताबाट आउनेमध्ये ३० अर्ब एनजीओ आईएनजीओलाई बाँडिनेछ : झलनाथ खनाल


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसी सम्झौताबाट आउनेमध्ये ३० अर्ब रुपैयाँ एनजीओ र आईएनजीओेलाई वितरण गर्ने उल्लेख रहेको दाबी गरेका छन् ।

कमलादीस्थित प्रज्ञा भवन परिसरमा शुक्रबार आयोजित एमसीसीविरुद्ध खबरदारी कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसी सम्झौताबाट करिब ७० अर्ब रुपैयाँ आउने र यसमध्ये ३० अर्ब नेपालमा रहेका गैरसरकारी र अन्तर्राष्ट्रिय सरकारी संस्थालाई बाँड्ने उल्लेख रहेको दाबी गरेका हुन् ।

अमेरिकाको इच्छाअनुसार नेपालमा रहेका एनजीओ र आईएनजीओलाई ३० अर्ब बाँडिने सम्झौतामा उल्लेख रहेको भन्दै उनले भने, ‘सम्झौताबाट करिब ७० अर्ब आउने भनिएको छ । त्यसमध्ये ४० अर्ब ट्रान्समिसन लाइन र सडक निर्माणमा खर्च गरिने र बाँकी ३० अर्ब यहाँका एनजीओ र आईएनजीओलाई दिने भनिएको छ । एमसीसीको इच्छामा दिने भनिएको छ ।’

एमसीसी सम्झौतामा सर्तैसर्त रहेको र यो राष्ट्रहितविपरीत रहेको उनको दाबी छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ६ : ३३ बजे

प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम विजयी

 घोराही– किरण ठगुन्नाको शतकीय पारीको मद्दतमा सुदूरपश्चिम प्रदेशले यहाँ जारी

‘२०२५ इन्डोनेसिया इन्टरनेशनल मोटर शो’ मा नेटा सहभागी

काठमाडौं– पीटी नेटा अटो इन्डोनेसियाले इन्डोनेसिया इन्टरनेशनल मोटर शो (आईआईएमएस)

प्रजातन्त्रको विकल्प कुनै तन्त्र हुन सक्दैन : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले प्रजातन्त्रको विकल्प अरू कुनै

एकीकृत समाजवादीले भन्यो- पूर्वराजाले विगतमा गरेका कु-कर्मको भण्डाफोर गरौँ

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले परिवर्तनका पक्षधरहरू एक

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार

सियोल– उत्तर कोरियाले सोमबार ‘धेरै अपरिचित ब्यालेस्टिक मिसाइलहरू’ प्रहार गरेको