ओलीलाई भेट्न फेरि बालकोट पुगे देउवा « Khabarhub

ओलीलाई भेट्न फेरि बालकोट पुगे देउवा


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमसीसीका विषयमा अन्यौलता बढ्दै गएसँगै विभिन्न राजनीतिक दलका नेताहरूले छलफललाई तीव्रता दिन थालेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन् ।

उनी पार्टी उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पार्टी नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई साथमा लिएर बालकोट पुगेका हुन् ।

दिनभर सत्ता गठबन्धनका नेताहरूसँग छलफल गरेका देउवा साँझ ओलीलाई भेट्न बालकोट पुगेका हुन् । उनीहरूबीचको भेटमा एमसीसीका विषयमा छलफल हुने बताइएको छ ।

एमसीसीलाई जसरी पनि संसद्‍बाट अनुमोदन गर्ने पक्षमा रहेका देउवा सत्ता गठबन्धनको साथ नभए प्रमुख प्रतिपक्षीलाई भए पनि साथमा लिएर जाने मनस्थितिमा छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ७ : ०० बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा