अहिलेकै अवस्थामा एमसीसीलाई स्वीकार गर्न सकिँदैनः खनाल | Khabarhub Khabarhub

अहिलेकै अवस्थामा एमसीसीलाई स्वीकार गर्न सकिँदैनः खनाल


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) लाई अहिलेको अवस्थामा स्वीकार गर्न नसकिने बताएका छन् ।

नेकपा एकीकृत समाजवादीले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा खनालले एमसीसीमा रहेका राष्ट्रघाती बिषयलाई नसच्चाएसम्म यसलाई स्वीकार गर्न नसकिने बताएका हुन् ।

अमेरिकी सुरक्षा नीतिविपरीतको काम गर्न नपाइने विषय सम्झौतामा उल्लेख भएको उनको भनाइ छ । खनालले समाजवादीको लक्ष्यमा दृढतापूर्वक अघि बढ्नुपर्ने भन्दै वैदेशिक हस्तक्षेपविरुद्ध लड्नुपर्ने धारणा राखे ।

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि एमसीसी परियोजना यथास्थितिमा पारित गरेर अघि बढ्न नसक्ने स्पष्ट पारे । एमसीसी अनुमोदन हुँदै गर्दा आफ्नो पार्टीबाट कोही सांसदले बहिष्कार गरे आफू त्यसको विरुद्धमा उत्रने उनको भनाइ छ ।

कार्यक्रममा अन्य नेताहरूले एमसीसी मुलुकको हितविपरीत रहेको भन्दै यसविरुद्ध खबरदारी गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ६ : ५० बजे

२०२५ इन्डोनेसिया इन्टरनेशनल मोटर शोमा नेटा सहभागी

काठमाडौं– पीटी नेटा अटो इन्डोनेसियाले इन्डोनेसिया इन्टरनेशनल मोटर शो (आईआईएमएस)

प्रजातन्त्रको विकल्प कुनै तन्त्र हुन सक्दैन : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले प्रजातन्त्रको विकल्प अरू कुनै

एकीकृत समाजवादीले भन्यो- पूर्वराजाले विगतमा गरेका कु-कर्मको भण्डाफोर गरौँ

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले परिवर्तनका पक्षधरहरू एक

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार

सियोल– उत्तर कोरियाले सोमबार ‘धेरै अपरिचित ब्यालेस्टिक मिसाइलहरू’ प्रहार गरेको

स्वरुप फेर्दै त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौं- सरकारको प्रतिवद्धताअनुसार त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदानमा पूर्वाधार निर्माण तीव्र