युक्रेनमा अलपत्र नेपालीको उद्धारमा एनआरएनए सकृय « Khabarhub

युक्रेनमा अलपत्र नेपालीको उद्धारमा एनआरएनए सकृय


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुस र युक्रेनको युद्धको चपेटामा परेका नेपालीको उद्धारका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सक्रियता देखाएको छ ।

संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार संघले त्यहाँस्थित नेपाली समुदायसँग प्रत्यक्ष सम्पर्कमा अन्तरक्रियाको आयोजना गर्दै उनीहरूको अवस्था र उद्धारका सम्भावनाका बारेमा पहल सुरु गरेको हो ।

युक्रेनमा हाल ४०० जना नेपाली रहेको आकलन गरिएको छ । संघले पहिलो चरणमा नेपालीको तथ्यांक संकलन गर्ने र आपतकालमा परेका नेपालीहरूलाई तत्काल उद्धारको प्रयास गर्ने तयारी गरेको छ ।

नेपाली दूतावास जर्मनीको सहकार्यमा गैरआवासीय नेपाली संघको आयोजनामा शनिबार हुने अन्तरक्रिया कार्यक्रममा युक्रेनमा रहेका नेपालीहरू, जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का, गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तलगायत एनआरएनएका पदाधिकारीहरू तथा रुस र जर्मनीमा रहेका नेपाली दूतावासका प्रतिनिधिहरू सहभागी हुने छन् ।

केसीका अनुसार युक्रेनमा अप्ठ्यारोमा परेका नेपालीहरूलाई पोल्याण्ड, हङगेरी, रोमेनिया, माल्डावा र सोलोभाकिया बोर्डरमार्फत् तेस्रो देशमा पठाउने सम्भावनाको बारेमा संघले छलफल थालेको हो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ९ : ४५ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक