बालकोट बैठक निष्कर्षविहीन, ओलीले भने– पहिला संसद् प्रवेशको बाटो तयार पार्नुस् « Khabarhub

बालकोट बैठक निष्कर्षविहीन, ओलीले भने– पहिला संसद् प्रवेशको बाटो तयार पार्नुस्


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेस र नेकपा एमालेबीचको बैठक बिनानिष्कर्ष सकिएको छ ।

शुक्रबार साँझ ओली निवास बालकोटमा नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरूबीच भएको बैठक निष्कर्षविहीन बनेको हो ।

छलफललाई फेरि पनि निरन्तता दिने भन्दै बैठक टुंगिएको छ ।

बैठकमा नेकपा एमाले अध्यक्ष ओलीले पुरानै अडान राखेका छन् ।

उनले १४ जना सांसद्लाई गरिएको कारबाही सभामुखले कार्यान्वयन गरे मात्र अन्य विषयमा छलफल र विचार गर्न सकिने बताएका हुन् ।

अध्यक्ष ओलीले आफूहरूका माग सम्बोधन गरेर संसद् प्रवेशको बाटो खोलिदिन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

ओलीले नेपाली काँग्रेस र नेकपा एमाले लोकतन्त्रको यात्राका सहयात्री भएकाले एक ठाउँमा रहनुपर्नेमा जोड दिएको प्रवक्ता कार्कीले बताए ।

बैठकपछि एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले प्रधानमन्त्री देउवाले अलिकति फराकिलो ढंगले लोकतन्त्रका लागि लडेका शक्ति मिल्नुपर्ने संकेत गरेको बताए । तर, काँग्रेसबाट सहमतिका लागि कुनै ठोस प्रस्ताव नआएको उनको भनाइ छ ।

ज्ञवाली भने, ‘लोकतन्त्रका निम्ति लडेका नेकपा एमाले र काँग्रेसका बीचमा केही समझदारी चाहिन्छ । त्यो समझदारी कसरी हुन सक्छ । अराजक र अस्थिर खालका पात्रले देशलाई प्रदूषित पारिरहेका थिए भन्ने विषयमा छलफल भएको छ । यसमा बाह्य देशसँगको सम्बन्धका कुरा पनि भएकाले एमाले अनिर्णित रहन मिल्दैन ।’

उनले एमालेका माग पूरा नगरे ‘अर्ली इलेक्सन’ जान सुझाव दिइएको बताए ।

बैठकमा प्रधानमन्त्री देउवाले सबैको सहमतिमा एमसीसीलाई प्रतिनिधिसभाबाट अनुमोदन गर्नुपर्ने भन्दै सहयोग गर्न ओलीसँग आग्रह गरेका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ९ : १३ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा