बहालवाला न्यायाधीशमाथि अख्तियारले मुद्दा चलाउन नपाउने सर्वोच्चको ठहर | Khabarhub Khabarhub

बहालवाला न्यायाधीशमाथि अख्तियारले मुद्दा चलाउन नपाउने सर्वोच्चको ठहर


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले बहालवाला न्यायाधीशमाथि अख्तियारले मुद्दा चलाउन नपाउने ठहर गरेको छ ।

सर्वोच्चले अनुसन्धान र अभियोजन गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नभएको ठहर गरेको हो ।

भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका न्यायाधीश विनोदकुमार गौतमको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो भनेको छ ।
ललिता निवास प्रकरणमा मुछिएपछि गौतम निलम्बन परेका छन् ।

फागुन १२ गते न्यायाधीश आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको पूर्ण इजलासले बहालवाला न्यायाधीशमाथि अनुसन्धान र अभियोजन गर्ने अधिकार अख्तियारलाई नभएको फैसला गरेको छ । साथै, गौतमलाई न्यायपरिषद् पठाउनुपर्नेमा अख्तियार आफैले मुद्दा चलाएको भन्दै उनीमाथि लागेको भ्रष्टाचारको मुद्दा खारेज हुने फैसला गरेको छ ।

ललिता निवासको जग्गा व्यक्ति विशेषको नाममा नामसारी गर्ने कार्यमा भूमिका निर्वाह गरेको भन्दै अख्तियारले २०७६ माघ २२ गते १६५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । जसमा चितवनका तत्कालीन जिल्ला न्यायाधीश गौतम पनि मुछिएका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ११ : २४ बजे

बागमतीका मुख्यमन्त्री लामा भन्छन्‌ : राजीनामा दिन्नँ

हेटौँडा – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं

अष्ट्रेलियाका सहरहरू प्राकृतिक विपत्तिको जोखिममा

एजेन्सी – अष्ट्रेलियामा जलवायु परिवर्तनका कारण सिड्नी, मेलबर्न, क्यानबेरा र

सांसद्‌हरूको जोड – भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्छ

काठमाडौँ – प्रतिनिधिसभा सदस्यहरूले भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्नेमा

अनिश्चितकालीन आमरण अनसनमा मझुवागढीका मेयर

काठमाडौँ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढीका मेयर तीर्थराज भट्टराई काठमाडौँको

आन्तरिक किचलोमा दलहरू

काठमाडौं– जहानियाँ राणा शासन छँदै गठन भएको नेपाली कांग्रेसदेखि पछिल्लो