राष्ट्रिय भलिबल प्रतियोगिता : एपिएफ र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश « Khabarhub

राष्ट्रिय भलिबल प्रतियोगिता : एपिएफ र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ अन्तर्गत बिहीबारको खेलमा विभागीय टोली एपिएफले घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटले पराजित गरेको छ ।

विजयी भएसँगै एपिएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफले सुदूरपश्चिमलाई २५–१३, २५–२० र २५–१२ को सेटले पराजित गरेको हो । खेलका ‘म्यान अफ द म्याच’ एपिएफका टेकराज अवस्थी भए ।

बिहीबार नै भएको अर्को क्वाटरफाइनल प्रतिस्पर्धामा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ३–० को सोझो सेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । गण्डकीले बागमतीलाई २५–१५, २५–१४ र २५–१८ को सेटले पराजित गरेको हो । खेलका ‘म्यान अफ द म्याच’ गण्डकी प्रदेशका हरि पाण्डेय घोषित भए ।

बिहीबारका दुई खेलसँगै प्रतियोगिताको सेमिफाइनल पुग्ने चार टोलीको टुङ्गो लागेको छ । फाइनल प्रवेशका लागि अब त्रिभुवन आर्मी क्लब र एपिएफका बीच तथा नेपाल पुलिस क्लब र गण्डकी प्रदेशका बीच प्रतिस्पर्धा हुने आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ।

यही चैत १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु चार लाख, उपविजेताले रु दुई लाख, तेस्रो हुने टोलीले रु एक लाख र चौथो स्थान प्राप्त गर्नेले रु ५० हजारसहित ट्रफी र मेडल प्राप्त गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ७ : ४५ बजे

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध

बाढीपीडितका लागि क्यानद्वारा ३० लाख सहयोग

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान)ले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा

त्रिशूली-३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा ८२ जनाको टोली परिचालन

रसुवा- रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि

चीनले नेपाललाई राहत पठाउँदै, दुई सैन्य कार्गो विमान काठमाडौं आउँदै

काठमाडौं- रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाललाई चीनले राहत