१२ दिनअघि घरबाट हिँडेकी वृद्धा बेपत्ता « Khabarhub

१२ दिनअघि घरबाट हिँडेकी वृद्धा बेपत्ता


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – मेचीनगर नगरपालिका–६ की ७० वर्षीया लीलामाया कार्की १२ दिनदेखि बेपत्ता भएकी छन् । आमा बेपत्ता भएको १२ दिन बितिसक्दा समेत प्रहरीले खोजीकार्यमा चासो नदेखाएको भन्दै परिवार र स्थानीयवासीले गुनासो गरेका छन् ।

परिवारका सदस्यले बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर आमाको खोजीमा प्रहरीबाट सहयोग नपाएको गुनासो गरेका हुन् । विसं २०७८ फागुन २९ गते घरबाट हिँडेकी लीलामाया हालसम्म नफर्किएपछि परिवार र आफन्त उनको खोजीमा दिनरात भौँतारिरहेका छन् ।

आमा ठूली छोरीकामा जान्छु भनेर घरबाट हिँडे पनि भोलिपल्टसम्म नपुगेपछि चौतर्फी खोजी गर्दासमेत फेला पार्न नसकेको छोरा प्रेमकुमार कार्कीले बताए । उनले भने, ‘हामीले सबै आफन्तकोमा खोजी सक्यौँ, कुनै अप्रिय घटना पो भयो कि भनेर वनजङ्गल, खोलानाला सबै चाहरीसक्यौँ तर आमालाई भेट्न सकेनौँ ।’

लीलामायाका जेठा ज्वाइँ यामप्रसाद मैनालीले आमा २९ गते अपराह्न २ : ५५ बजे काँकडभिट्टाबाट सूर्योदय यातायात चढेर पश्चिमतर्फ लागेको सिसीक्यामेराको फुटेज भेटिएको जानकारी दिए। उनले भने, ‘आमा हाम्रोमा जाने भनेर हिँड्नुभएको रहेछ तर हाम्रोमा आइपुग्नु भएन, गाडी चडेर अन्तै लाग्नुभएको भेटियो कहाँपुग्नु भयो, कस्तो अवस्थामा हुनुहुन्छ केही थाहा छैन ।’

यही चैत १ गते नै आमा हराएको उजुरी प्रहरीलाई दिए पनि हालसम्म प्रहरीले कुनै जानकारी नगराएको उनको भनाइ थियो । घरबाट हिँडेको यतिका दिन बितिसक्दा समेत कहीँकतै नभेटिँदा अपहरण भएको हुनसक्ने आशङका गरिएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  १ : २६ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको