महिला कलाकारमाथि हातपात गर्ने बम पक्राउ « Khabarhub

महिला कलाकारमाथि हातपात गर्ने बम पक्राउ


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन् ।

ठमेलस्थित एक दोहोरी साँझमा महिला कलाकारलाई हातपात गरेको आरोपमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले उनलाई बिहीबार राति पक्राउ गरेको हो । पक्राउ गरेका बमलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ लगिएको छ ।

महिलामाथि हातपात गर्दै अभद्र व्यवहार गरेको अभियोगमा उनीविरुद्ध मुद्दा चलाइने प्रहरीले जनाएको छ । उनले महिला कलाकारलाई लात र मुक्का प्रहार गरेका थिए ।

सोह्रखुट्टे वृत्तका सई रामबहादुर महतराले बमलाई हिरासतमा राख्नका लागि म्याद थप गर्न अदालतमा लगिएको र आवश्यक कारबाही प्रक्रिया अघि बढिसकेको बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  १२ : १५ बजे

पोखराका मेयरको घरमा आगजनी गर्ने रास्वपाका नेता कारागार चलान

काठमाडौँ- पोखरा महानगरका मेयर धनराज आचार्यको घरमा २४ भदौको जेनजी

पूर्णबहादुरले बोल्न नदिएपछि गगनले दर्ता गराएका थिए अतिरिक्त धारणा

काठमाडौँ- गगन थापाले कांग्रेस केन्द्रीय समितिले निर्णय गरेअनुसार पुस २६–२८

मर्मतपछि एमालेको केन्द्रीय कार्यालयबाट नियमित काम सुरु

काठमाडौँ- नेकपा (एमाले) ले पुरानै ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयबाट पार्टीको

पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला

कास्की – पोखरामा यही बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना

कमला नदीमा अस्थायी ‘डाइभर्सन’ बनाइँदै

सिरहा – हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा