चीन अनुदार बन्दा रसुवागढी नाकाबाट व्यापार प्रभावित « Khabarhub

चीन अनुदार बन्दा रसुवागढी नाकाबाट व्यापार प्रभावित


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा – २०७६ माघअघिसम्म नेपाली कन्टेनर रसुवागढी नाका हुँदै चीनको केरुङसम्म पुगेर सामान ल्याउने गर्थे । कोरोनाको कारण देखाउँदै त्यसको करिब ६ महिना बन्द गराएर एकतर्फी नाका सञ्चालन गरेको चीनले अहिले भने रसुवागढीसम्म आफ्नै गाडीमा सामान ल्याइदिने गरेको छ ।

दैनिक दुई सयभन्दा बढी नेपाली सामान ढुवानी गर्ने कन्टेनरको आवतजावत हुने नाका सहज बन्न नसक्दा व्यवसायीहरू समस्यामा परेका छन् । सहज रूपमा नाका सञ्चालन नहुँदा कन्टेनर व्यवसायीहरू मारमा परेको कन्टेनर व्यवसायी रोहित तामाङले बताए । ‘पहिला नाका सहज हुँदा सिधै रसुवागढी हुँदै चीनको केरुङसम्मै गाडी लिएर पुग्थ्यौ, दुई वर्ष हुन लाग्यो नाका चल्न सकेको छैन्, बैकको किस्ता पनि तिर्न नसक्ने अवस्था छ, ऋण खोजेर तिर्नुपरेको छ,’ उनले भने, ‘अहिले त ड्राइभरलाई तलब दिन नसक्ने अवस्था छ, किस्ता तिर्न नसकेकाले धेरै गाडीहरू बैकले तानेको छ ।’

रसुवागढी नाका सञ्चालनमा आएपछि करिब १५ सय कन्टेनर चल्ने गरेका थिए । तर अहिले भने करिब सात सय कन्टेनरले मात्र सामान ढुवानी गर्ने गरेको तथ्यांक छ । बाँकी कन्टेनर, व्यवसायीहरूले बिक्री गरेसँगै अन्यन्त्र ढुवानीमा प्रयोग भएको पाइएको छ । सामान ढुवानीमा लामो समय कुर्नुपर्ने, दुई महिनामा बल्ल बल्ल पालो आउनेलगायतका कारण कन्टेनर व्यवसायमा आश्रित रहेर व्यवसाय गरिरहेकाहरूको व्यवसाय नै  प्रभावित भएको  अर्का कन्टेनर व्यवसायी छेवाङ सेनाम तामाङले बताए । ‘कन्टेनरको नाम मात्र हो, अहिले न त परिवार पाल्न सकिएकाे छ न त बैकको किस्ता तिर्न । बिजोग भयो,’ उनले भने, बल्ल तल्ल एक टिप लाग्छ पहिला १२ हजारले सबै पुग्ने ठाउँमा अहिले १७-१८ हजार त डिजेल नै लाग्छ, पहिला जिल्लाको ४-५ सय गाडी थियो, अहिले त सयवटा पनि छैन होला, किस्ता तिर्न नसक्दा कोही कता पुगे पुगे, सबै सकियो ।’

चीनले रसुवागढी नाकालाई प्राथमिकता दिएसँगै प्रायः व्यवसायीले बैकबाट लाखौँ रुपैयाँ ऋण लिई कन्टेनर व्यवसाय सुरु गरेका थिए । एउटा कन्टेनर खरिदका लागि लिएको ऋणको मासिक ६० हजार त व्यवसायीहरूले किस्ता नै तिर्छन् । व्यवसाय सञ्चालन नहुँदा आम्दानी शून्य रहेको छ । अधिकांश व्यवसायीले व्यवसाय सञ्चालन नभएपछि करिब दुई वर्षदेखिको बैकको किस्ता तिर्न सकेका छैनन् ।

व्यवसायलाई निरन्तरता दिन धौ धौ भएका व्यवसायीलाई बैंकले किस्ता तिर्न आउन ताकेता गरिरहेको गोसाइँकुण्ड गाउँपालिका-५ का कन्टेनर व्यवसायी मिलन तामाङले बताए । ‘२६ लाख बैंकबाट लोन लिएको थिए, लकडाउन नभएको भए त पोहोरकै वैशाखतिर तिरिसकिन्थ्यो, लकडाउनमा व्यवसाय चल्न सकेन,’ उनले भने,  ‘बैंकको किस्ता बढेको बढ्यै छ, व्याज पनि सावामा जोडिँदै गएको छ, बैकले फोन गरेको गर्‍यै गर्छ, फोन अफ गरेर बस्नुपर्ने अवस्था आएको छ ।’

नाका सञ्चालन नहुँदा कन्टेनर बेचेरै भए पनि बैकको किस्ता तिरेको अर्का कन्टेनर व्यवसायी फुर्पा तामाङले बताए । ‘मेरो दुईवटा कन्टेनर थियो, समयमा बैकको किस्ता तिर्न सकिनँ, अनि दुईवटामा एउटा कन्टेनर बेचेर बैकको किस्ता तिरे,’ उनले भने, ‘बैकले व्याज पनि बढाउँदै जाने रहेछ, एक वर्षमा ६ लाख किस्ता डियुको ९ लाखसम्म पुगेको छ, अब पनि नाका नचल्ने र व्यवसाय चलेन भने त भएको यो कन्टेनर पनि बेच्नुपर्ने अवस्था हुन्छ।’  कन्टेनर व्यवसायबाटै जीविकोपार्जन चलाएका व्यवसायीहरू नियमित व्यवसाय सञ्चालन नहुँदा विस्थापित भएका छन् ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  १ : १६ बजे

कांग्रेसले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमनत्री गोपालमान श्रेष्ठको

प्रधानमन्त्री र गृहमन्त्री सुनसरी घटनामा गम्भीर भएनन् : भिष्मराज आङ्देम्बे

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सुनसरी

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल