स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न कांग्रेस बैठक बस्दै  « Khabarhub

स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न कांग्रेस बैठक बस्दै 


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको केन्द्रीय कार्यसमितिको चौथो बैठकले चुनावी रणनीतिबारे छलफल गर्न लागेको हो।

बैठकमा चुनावी रणनीति, गठबन्धन र चुनावी तालमेल, स्थानीय तहमा पार्टीका तर्फका उम्मेदवारहरूको मापदण्ड लगायत समसामयिक विषयमा छलफल हुनेछ। कांग्रेसले स्थानीय तह निर्वाचनको तयारीस्वरूप गत फागुन २९ देखि एक महिने घरदैलो अभियान थालेको थियो। केन्द्रीय नेताहरूले स्थलबाट आएको जानकारीको ब्रिफिङ गर्नेछन्।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनावका लागि तय गरिने घोषणा पत्र निर्माण समिति संयोजकमा बिहीबार महामन्त्री गगन थापालाई तोकेका छन्।

सभापति देउवाले चुनावमा गठबन्धन गर्ने बताए पनि शेखर कोइराला पक्षीय नेताहरूले कांग्रेस एक्लै लड्नुपर्ने बताउँदै आएका छन्।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  १ : ०१ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित