सुर्खेत भेरीगङ्गामा छत्तीस वर्षपछि जग्गाधनी पुर्जा दिइँदै | Khabarhub Khabarhub

सुर्खेत भेरीगङ्गामा छत्तीस वर्षपछि जग्गाधनी पुर्जा दिइँदै


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर – राष्ट्रिय भूमि आयोग सुर्खेत शाखाले पहिलो चरणमा सुर्खेतको भेरीगङ्गा नगरपालिकास्थित कोटमाझखर्कका ४१७ घर परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्ने भएको छ । विसं २०४२ देखि पुर्जाविहिन यो बस्तीलाई राष्ट्रिय भूमि आयोगको कार्यविधि २०७८ ले तोकेबमोजिमका सबै प्रक्रिया पूरा गरी पुर्जा वितरण गर्न लागिएको हो ।

आयोगले नापी र मालपोत कार्यालयबाट सबै प्रक्रिया पूरा गरेपछि तयार भएका पुर्जा भेरीगङ्गा नगरपालिकालाई हस्तान्तरण गर्ने र नगरपालिकाले नै पुर्जा वितरण गर्ने बताइएको छ । आयोगका जिल्ला अध्यक्ष श्रीधर पौड्यालले कोटमाझखर्कका ६७७ परिवारको आवेदन परेकामा पहिलो चरणमा ४१७ जनालाई पहिलो प्राथमिकतामा राखेर पुर्जा वितरण गरिने जानकारी दिए । आयोगले यसअघि सात दिने सूचना जारी गरी थप कागजात, पूरक प्रमाण वा कुनै दाबी विरोध वा उजुरीका लागि जग्गाधनी प्रमाणपत्र पाउने व्यक्तिको नामावली सार्वजनिक गरेको थियो ।

विगतमा बनेका भूमिसम्बन्धी आयोग र समितिले तयार गरेको लगतलाई आधार बनाएर पुर्जा वितरण गर्ने अन्तिम तयारी गरिएको हो । ‘निवेदनमाथि छानबिन, मिसिल भिडाउने, नापी र मालपोतमा रुजु गर्नाका साथै निवेदनमा छुटेका कागजात माग गरी कित्ताकाटको प्रक्रिया सुरु गरेका छौँ’, आयोगका जिल्ला अध्यक्ष पौड्यालले भने, ‘प्राविधिक टोलीले पुर्जा वितरणका लागि सबै तयारी गरिरहेको छ, अबको एक हप्ताभित्र पुर्जा वितरणको काम सुरु गर्ने गरी तयारी भइरहेको छ ।’

लामो समयदेखि जग्गाधनी पुर्जा नपाउँदा त्यहाँका बासिन्दा बैंकिङ कारोबार, विद्युत्लगायत सेवाबाट वञ्चित थिए । आयोगको जिल्ला कार्यालयका अनुसार कोटमाझखर्कको आठ हजार १५५ रोपनी जग्गाको नक्साङ्कन गरिएको छ। सुर्खेतमा पाँच हजार ९९४ भूमिहीन घरपरिवारको लगत सङ्कलन गरिएकामा अव्यवस्थित बसोबास गरिरहेका ४७ हजार ४४१ घरपरिवारले पनि आयोगमा निवेदन दिएका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  १ : ३१ बजे

क्लब विश्वकप : बेनफिका र बोका जुनियरको सनसनीपूर्ण बराबरी

काठमाडौं – फिफा क्लब विश्वकपको समूह ‘सी’को सनसनीपूर्ण खेलमा बोका

कानूनसहित विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछन् ।

प्रतिनिधिसभा बैठक बस्दै, निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक दिउँसो

सातवटै प्रदेशमा वर्षाको सम्भावना, केही भूभागमा ठूलो पानी पर्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इजरायलको टेलिभिजनमा आक्रमण गर्ने इरानको चेतावनी

तेहरान – इजरायल र इरानले सञ्चार माध्यममै आक्रमण सुरु गरेका