नेविसंघका तदर्थ समिति अध्यक्ष शेर्पाबाट पदभार ग्रहण « Khabarhub

नेविसंघका तदर्थ समिति अध्यक्ष शेर्पाबाट पदभार ग्रहण


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का नवनियुक्त अध्यक्ष दुजाङ शेर्पाले पदभार सम्हालेका छन् । 

शुक्रबार नेविसंघ कार्यालयमा पूर्वअध्यक्ष राजीव ढुँगानाले तदर्थ समिति अध्यक्ष शेर्पालाई पदभार हस्तान्तरण गरेका हुन् । 

पदभार ग्रहण गरेपछि अध्यक्ष शेर्पाले पार्टीले दिएको म्यान्डेडअनुसार निर्वाचन सकिएको तीन महिनाभित्र संगठनको १२ औँ महाधिवेशन गर्ने प्रतिबद्धता जनाए । 

विद्यार्थी राजनीतिमा गुमेको विश्वासलाई फर्काउन आफूले पहल गर्ने उनको भनाइ छ ।
त्यस्तै, उनले आफ्नो कार्यकालमा कुनै पूर्वाग्रह नराखेर सङ्गठनलाई विस्तार र बलियो बनाउने बताए ।

नेपाली काँग्रेसले बुधबार शेर्पालाई नेविसंघको केन्द्रीय तदर्थ समिति अध्यक्षमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  २ : १३ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र