प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता नै नगरी पाकिस्तानी संसद्को बैठक स्थगित « Khabarhub

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता नै नगरी पाकिस्तानी संसद्को बैठक स्थगित


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव दर्ता नै नगरी पाकिस्तानी संसद्को बैठक स्थगित गरिएको छ । शुक्रबार प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव संसद्मा दर्ता गर्ने कार्यक्रम थियो ।

तर, राष्ट्रिय सभाका सदस्य खयाल जमान, पूर्व राष्ट्रपति रफिक तरार एवम् सिनेटर रहमान मल्लिकको निधन भएका कारण शोक व्यक्त गर्दै संसद्को बैठक स्थगित गरिएको जनाइएको छ । बैठकका क्रममा उनीहरुप्रति शोक व्यक्त गर्न कुरआन पढेर प्रार्थाना गरिएको थियो ।

जमानको गत फेब्रुअरी १४ मा, तरारको गत मार्च ७ मा एवम् मल्लिकको गत फेब्रुअरी २३ मा निधन भएको थियो । संसद्का सभामुख असद कैसरले आगामी सोमबारसम्मका लागि संसद्को बैठक स्थगन गरिएको घोषणा गरे ।

सांसदको निधनपछि बस्ने बैठकका क्रममा कुनै प्रस्ताव दर्ता नहुने मान्यताअनुसार बैठक स्थगित गरिएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ४ : ४० बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको