प्राथमिकताका क्षेत्रलाई सम्बोधन हुने गरी बजेट आउनुपर्छः उद्योगी व्यवसायी « Khabarhub

प्राथमिकताका क्षेत्रलाई सम्बोधन हुने गरी बजेट आउनुपर्छः उद्योगी व्यवसायी


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निजी क्षेत्रका प्रतिनिधिहरूले प्राथमिकताका क्षेत्रलाई उचित सम्बोधन गर्ने गरी आगामी वर्षको बजेट आउनुपर्ने धारणा राखेका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा उनीहरूले आगामी वर्ष आकारमा भन्दा पनि प्राथमिकताका क्षेत्रलाई उचित सम्बोधन हुने गरी बजेट आउनुपर्ने धारणा राखेका हुन् । बैठकमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चुस्त दुरुस्त बजेट ल्याउनुपर्ने सुझाव दिएका छन् ।

ठूलो आकारको बजेट ल्याएर पटक पटक सच्याउनुपर्ने अवस्था आउन नहुने र बजेटमा डुप्लिकेशन हुन नहुने उनको भनाइ छ ।

त्यस्तै उनले विकास खर्च समयमा नसकिँदा समस्या देखिने गरेको भन्दै वर्तमान सरकारले यसअघिको कमी कमजोरीलाई सच्याउँदै बजेट ल्याउनुपर्ने बताए ।

भारतीय पर्यटकलाई मध्यनगर गर्दै भारु ५ सय र २ हजारका नोट नेपालमा चल्ने व्यवस्था गर्न पनि उनले सुझाव दिए ।

त्यस्तै बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सन्दिप अग्रवालले नेपालमा भारतीय पर्यटकको सहजताका भारतीय नोटको कारोबारलाई नेपालमा वैध बनाउनुपर्ने बताए ।

होटल संघ नेपालका अध्यक्ष सिर्जना राणाले पर्यटकलाई आकर्षित गर्न सरकारले आवश्यक नीति ल्याउनुपर्ने बताइन् । कोरोना प्रभावित होटल व्यवसायलाई उकास्न सहयोग पुग्ने प्रकारको बजेट सरकारले ल्याउनुपर्ने उनको भनाइ छ ।

त्यसैगरी नेपाल चेम्बर आफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले विदेशी मुद्राको सञ्चिती हेर्दा आर्थिक गतिविधि गर्न समस्या भएको भन्दै यसमा विशेष ध्यान दिनुपर्ने बताए ।

समितिले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका लागि निजी क्षेत्रबाट सुझाव लिएको हो ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ५ : ५४ बजे

चीनले नेपाललाई राहत पठाउँदै, दुई सैन्य कार्गो विमान काठमाडौं आउँदै

काठमाडौं- रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाललाई चीनले राहत

राष्ट्रकवि घिमिरेका पुत्र इन्दिवर रसुवा बाढीपछि बेपत्ता

काठमाडौं- राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेका ज्येष्ठ पुत्र तथा नेपाल विद्युत प्राधिकरणका

एनसेलले थप ७ दिन बाढी प्रभावित क्षेत्रमा निःशुल्क सेवा दिने

काठमाडौं- एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा

रसुवा बाढीमा बेपत्तामध्ये चितवनमा संकलित २२९ शव सामूहिक रूपमा व्यवस्थापन गरिने

चितवन– रसुवामा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका २३३ शवमध्ये

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर– भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा) र