निर्वाचनमा गठबन्धनको विषयमा काँग्रेसमा फरक–फरक सुझाव « Khabarhub

निर्वाचनमा गठबन्धनको विषयमा काँग्रेसमा फरक–फरक सुझाव


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसभित्र निर्वाचनमा गठबन्धन गर्ने विषयमा फरक–फरक सुझावहरू आएका छन् ।

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको काँग्रेसको केन्द्रीय कमिटी बैठकमा निर्वाचनकेन्द्रित अभियानका विषयमा लिइएको सुझावका क्रममा गठबन्धन गर्ने विषयमा फरक फरक सुझावहरू आएको काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

उनले सभापति शेरबहादुर देउवाले चुनावमा गठबन्धन लाद्न खोजेको भन्ने भनाइ झुटो भएको बताए ।

बैठकमा आवश्यकताको सिद्धान्तअनुसार कतै गठबन्धन गरेर जान हुने कतै नगरे पनि हुने भनेर फरक फरक रिपोर्टहरू आएको उनले जनाए । आवश्यकताको सिद्धान्तमा गठबन्धन हुनुपर्छ भन्ने सुझावहरू आएको र पार्टी नेतृत्वले त्यसमाथि छलफल गर्ने पनि उनले बताए ।

छलफलपछि काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले चुनावी गठबन्धनको निर्णय नगर्न आग्रह गरेको बताए । उनले गठबन्धन गर्ने कि नगर्ने टिकट वितरण गर्ने अधिकार प्राप्त समितिलाई दिनुपर्ने पनि बताए ।

त्यस्तै, काँग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टीको निर्णयलाई आफूले मान्य भन्दै निर्वाचनमा एक्लै लड्नुपर्छ भन्ने आफ्नो धारणा रहेको बताए ।

काँग्रेस बैठक पुनः आइतबार बस्ने नेताहरूले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ७ : ५१ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र