नेपालस्थित राजदूतहरू र अवैतनिक महावाणिज्य दूतहरूबीच छलफल « Khabarhub

नेपालस्थित राजदूतहरू र अवैतनिक महावाणिज्य दूतहरूबीच छलफल


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालस्थित राजदूतहरू र अवैतनिक महावाणिज्य दूतहरूबीच छलफल भएको छ ।

अवैतनिक महावाणिज्य दूतहरूको क्लब (अनरेरी कन्सुलर कोप्‍ र्स–नेपाल) को आयोजनामा भएको कार्यक्रममा अनरेरी कन्सुलर कप्र्स नेपाल (एचसीसी–एन) का डीन लोकमान्य गोल्छाले कोभिड १९ को पहिलो र दोस्रो लहरमा विदेशमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन विभिन्न देशका कूटनीतिक व्यक्तिहरूले निर्वाह गरेको भूमिकाप्रति कृतज्ञता व्यक्त गरे ।

नेपालस्थित परराष्ट्र मन्त्रालय र विदेशी कूटनीतिक नियोगका प्रमुखहरूलाई बोलाएर सामाजिकीकरण गर्न यो कार्यक्रम गरिएको पोर्चुगलका लागि अवैतनिक महावाणिज्यदूत राजेन्द्रकुमार खेतानले बताए ।

अनरेरी कन्सुलर कप्र्स नेपालले प्रत्येक वर्ष साउन ७ मा वार्षिक साधारण सभा गर्ने गरेको छ ।

साधारण सभा भएको प्रत्येक ६ महिनामा परराष्ट्र मन्त्रालयका अधिकारी र विदेशी कूटनीतिक नियोगका प्रमुखहरूलाई बोलाएर यो स्वागत कार्यक्रम आयोजना हुने गरिएको अनरेरी कन्सुलर कोप्‍ र्स नेपाल (एचसीसी–एन) का डीन लोकमान्य गोल्छाले बताए ।

छलफलमा नेपालस्थित परराष्ट्र मन्त्रालयका अधिकारी, विदेशी कूटनीतिक नियोगका प्रमुख, अवैतनिक महावाणिज्य दूतहरू, फिनल्याण्ड, फ्रान्स, जर्मनी, इजरायल, जापान, कोरिया गणतन्त्र, मलेसिया, नर्वे, पाकिस्तान, स्वीट्जरल्याण्ड तथा नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डलका राजदूतहरूको उपस्थित थियो ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ११ : ०६ बजे

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज

देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने

निर्वाचन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य, अरु के के चाहिन्छ ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको