‘विरानो सहरमा’ अभिनेता हमाल (भिडियो) « Khabarhub

‘विरानो सहरमा’ अभिनेता हमाल (भिडियो)


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो केही समय यता अभिनेता राजेश हमाल म्युजिक भिडियोमा बाक्लै देखिन थालेका छन् ।

फिल्ममा केही समयदेखि नदेखिएका अभिनेता हमाल अभिनीत पछिल्लो भिडियो ‘विरानो सहरमा’ सार्वजनिक गरिएको छ । गजलकार शान्ति शर्माले कोरेको शब्दमा गायक स्वरूपराज आचार्यको सुमधुर आवाज रहेको गीतमा वरिष्ठ सङ्गीतकार दीपक जङ्गमको लय सिर्जना रहेको छ ।

गीतमा देवेन्द्र नेवाको सङ्गीत संयोजन र प्रकाश मिश्रले गीतको मिक्सिङ्ग तथा मास्टरिङ्ग गरेका छन् ।
प्रेम, मिलन र बिछोडका विषयवस्तुलाई कलात्मक रूपमा उतारिएको भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका हुन् ।

भिडियोमा राजेश हमाल,  शान्ति शर्मा, सुशीला थापा, रोहित बस्नेत र नारायण अधिकारीको अभिनय रहेको छ । मुकेश हुमागाईँले खिचेको भिडियोलाई निर्देशक स्वयम्‌ले सम्पादन गरेका छन् । 

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ११ : ५० बजे

देवानगञ्जमा युवकलाई गोली हानिएको घटना प्रहरीले किन लुकायो ?

विराटनगर- सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा शनिबार भएको घटनामा स्थानीय निरजकुमार

उपासनाको एकतर्फी प्रेममा सोनम, यस्तो छ ‘जलाकी’को फष्टलुक टिजर

काठमाडौं– अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको नयाँ नेपाली

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

रियाद– यमनमा द्वन्द्व पुनः सुरु भएयता पहिलो पटक साउदी राजधानी

एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन

नागोया– आयोजक जापानले बीसौँ एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको

जीप दुर्घटनामा वृद्धाको मृत्यु, सात जना घाइते

गोरखा– सिरानचोक गाउँपालिका–२ थालाजुङमा आज बिहान भएको जीप दुर्घटनामा एक वृद्धाको