ब्राइडल मेकअप कम्पिटिसन हुँदै « Khabarhub

ब्राइडल मेकअप कम्पिटिसन हुँदै


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

ललितपुर– वैशाख लागेसँगै अहिले विवाहको मौसम चलिरहेको छ । यसै अवसरमा ब्युटिसियनहरूको व्यक्तित्व विकाससँगै बेहुली सृँगार गर्ने सिप प्रस्तुतिका लागि ‘पियोर स्टाईलिस नेशलन ब्राइडल मेकअप कम्पिटिसन–२०२२’ आयोजना हुने भएको छ ।

ललितपुरको कुमारी पाटीमा रहेको पियोर स्टाईलिस ब्युटी होम एन्ड ट्रेनिङ सेन्टरले यो प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा भाग लिन चाहनेहरूका लागि फारम खुला गरिएको आयोजक संस्थाकी अध्यक्ष रिना अवालेले बताएकी छन् ।

जसका लागि वैशाख १८ गतेसम्म फारम भरिसक्नुपर्ने छ । प्रतियोगितामा सहभागीहरूको यही वैशाख १९ गते अडिसन लिने भएको छ ।

त्यसपछि २० गते देखि २२ गतेसम्म तीन दिन विभिन्न प्रशिक्षण दिइने छ । यो प्रतियोगिताको फाइनल वैशाख २३ गते शुक्रबार ललितपुरको कुपन्डोलमा हुने छ ।

सो क्रममा प्रतियोगीहरूलाई ब्राइडल जुरो, रशियन हेयर जुरो, ब्राइडल मेकअप, रिसेप्सन पार्टी मेकअप, ब्राइडल नेल अर्ट, ब्राइडल मेहेन्दी आर्ट, ग्रुमिङ, पर्सनालिटी डेभलपमेन्ट, वेडिङ ड्रेस सेन्स, सारी अता अन्य बेहुली ड्रेस लगाउने सिकाउने जस्ता विभिन्न प्रशिक्षण दिइने छ । ‘तीन दिनको प्रशिक्षण पछि बल्ल हामी प्रतियोगीहरूलाई ब्राइडल मेकअप कम्पिटीशनको फाइनलमा उतार्ने छौं । त्यसपछि विभिन्न टाइटलमा अवार्ड र पुरस्कारसहित विभिन्न अवसर पनि प्रदान गर्ने छौँ ।’ आयोजक रिनाले भनिन् । यो प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ नगद, ट्रफीसहित विभिन्न उपहार र केराटिन ट्रिटमेन्टसम्बन्धी २ दिनको स्पेश कोर्ष, फस्ट रनर अपले विभिन्न उपहारसहित दुई दिनको केराटिन ट्रिटमेन्ट कोर्ष र सेकेन्ड रनर अपले पनि विभिन्न उपहारसहित दुई दिनको केराटिन ट्रिटमेन्ट कोर्ष सुविधा प्राप्त गर्नेछन् । त्यसपछि पनि प्रतियोगीहरूलाई विभिन्न अवसर आफ्नो ब्युटी पार्लरले प्रदान गर्ने पनि उनले बताएकी छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १२ : ०२ बजे

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको