जोखिमपूर्ण बन्दै चिनियाँ एपको प्रयोग | Khabarhub Khabarhub

जोखिमपूर्ण बन्दै चिनियाँ एपको प्रयोग


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतमा केही महिना अगाडि मात्र ५४ चिनियाँ एपलाई प्रतिबन्ध लगाइएको छ। केही एपलाई गुगलको प्ले स्टोरबाट डाउनलोड गर्न रोकिएको छ। सन् २०२० को सुरुवातमा नै इलेकट्रोनिक्स तथा आइटी मन्त्रालयको पहलमा यस्ता चिनियाँ एपलाई प्रतिबन्ध लगाउन थालेको हो। अलीबाबा, टेन्सेन्ट र गेम उत्पादक फर्म नेट इज लगायतले परिष्कृत गर्दै तथा पुन नामकरण गर्दै एप बनाउने गरेका छन्।

यसरी बनाइएका एपमा प्रयोग हुने डाटाका कारण गोप्यता भङ्ग हुने कारणले भारतमा यसलाई प्रतिबन्ध लगाइएको हो। सन् २०२० को जुन यता प्रयोग गर्न बन्देज लगाइएको एपको सङ्ख्या २२४ पुगेको छ। सुरुवातमा भारतीय सरकारले ५९ एपलाई एकै पटक बन्देज लगाएको थियो। यसमा टिकटक, स्यारीवेट, वि च्याट र बिगो लाइभलगायत लोकप्रिय एप थिए।

एपमा प्रयोग हुने डाटाका कारण गोप्यता भङ्ग हुने कारणले भारतमा यसलाई प्रतिबन्ध लगाइएको हो। सन् २०२० को जुन यता बन्देज लगाइएका एपको सङ्ख्या २२४ पुगेको छ।

यस्ता धेरै एप अलीबाबा र टेन्सेन्टबाट निर्माण भएका थिए। टेन्सेन्ट र अलीबाबाले बनाएका एपको स्वामित्व लुकाइने गरिएको छ। यस्ता धेरै एपका होस्टिङ पनि हङकङ या सिंगापुरमा रहको देखिएको छ। यसको अन्तिम सेवा प्रदाय संस्था भने चीनमा रहने गरेका छन्।

एक भारतीय आइटी अधिकारीकै अनुसार वाइट डान्सको स्वामित्वमा रहेको टिकटक र टेन्सेन्टको वेच्याट जस्ता एप ‘एपीके फाइल्स’ जस्ता वैकल्पिक विधिबाट पनि खोल्न सकिन्छ। सरकारले यसलाई पनि निगरानीमा राखेको छ।

सन् २०२० का सुरुवातमै भारतले इन्टरनेटमार्फत् देशको सूचना बाहिर नजाओस् भन्नका लागि यो अभियान सुरु गरेको थियो। यसबाट थुप्रै विदेशी एप प्रतिबन्धमा परेका थिए। नोभेम्बरमा स्न्याक भिडियो र अलि एक्सप्रेस सहितका धेरै एपलाई प्रतिबन्ध लगाएको थियो। ‘६० ए ’ नियमका अनुसार गत सेप्टेम्बरमा पनि १ सय १८ चिनियाँ एप भारतमा बन्द गरिए। देशको स्वामित्व, सार्वभौमिकता रक्षाको राष्ट्रिय सूचनाको गोप्यतालाई ध्यानमा राख्दै यो निर्णय गरेको बताइएको छ।

सन् २०२० को जुनमा भारत सरकारले ४२ चिनियाँ एपलाई घातक ठहर गरेको थियो। नागरिकले यी एपलाई प्रयोग गरिरहे देशको सूचना बाहिर जाने तथा साइबर आक्रमणको जोखिम हुने ठहर भएको थियो।

सन् २०२० को जुनमा भारत सरकारले ४२ चिनियाँ एपलाई घातक ठहर गरेको थियो। नागरिकले यी एपलाई प्रयोग गरिरहे देशको सूचना बाहिर जाने तथा साइबर आक्रमणको जोखिम हुने ठहर भएको थियो। भारतका विभिन्न गुप्तचर निकाय रिसर्च एन्ड एनलाइसीस विङ (रअ), नेसनल टेक्निकल रिसर्च अर्गनाइजेसन (एनटीआरओ) र सेनाका निकायले पनि ती एप तत्काल सबैको मोबाइलबाट अनइन्सटल गर्न सुझाव दिएका थिए।

यी निकायले छानेका यी मध्यका धेरै एप एन्टीभाइरस तथा वेब ब्रोजर एप थिए। भारत सरकारले व्यक्तिगत तथा कार्यालय प्रायोजनका लागि पनि ती एप प्रयोग नगर्न भनेको थियो। त्यस समयमा घातक ठहरिएका एपमा विइवो, वि च्याट, सेयर इट, युसी न्युज, ब्युटी प्लस, न्युज डग र भिभा भिडियो थिए।

अन्य घातक एपमा प्यारालल स्पेस, एपुस ब्राउजर, परफेक्ट कर्प, भाइरस क्लिनर लगायत थिए। यस्ता घातक एपको सूचीमा ट्रयु सेलर पनि समावेस थियो।

भारतमा चिनियाँ सफ्टवेयरले स्पावेइरो काम गरेको लामो समय देखिको आशङ्का थियो। जब प्रयोगकर्ताले त्यसमा लगइन गर्छन्, लगइनको लगत्तै त्यस डिभाइसमा प्रयोग भएका अन्य कुनै पनि डाटा लिने तथा प्रयोगकर्ताको व्यक्तिगत जीवनको बारे पनि त्यसै डिभाइसमार्फत् निगरानी गरिने चलन धेरै नै रहेको छ। त्यस मोबाइलमा प्रयोग गरिने, जिमेल फेसबुक र सिम कार्डलाई समेत उनीहरू निगरानी राख्न सक्षम हुन सक्छन्। यत्ति मात्र होइन, सेयर लगायत अन्य वित्तीय कारोबारसँग सम्बन्धित कुरा पनि गोप्य नहुन सक्छ।

अमेरिकामा पनि चिनियाँ एपमाथि प्रतिबन्ध लगाउन थालिएको छ । धेरै एप अन्य देशको सूचना सङ्कलन गर्दै चिनियाँ सरकारलाई उपलब्ध गराउनकै लागि प्रयोग गरिएको आशङ्का हुन थालेको छ ।

यसै कारण अमेरिकामा पनि चिनियाँ एपमाथि प्रतिबन्ध लगाउन थालिएको छ । धेरै एप अन्य देशको सूचना सङ्कलन गर्दै चिनियाँ सरकारलाई उपलब्ध गराउनकै लागि प्रयोग गरिएको आशङ्का हुन थालेको छ । सन् २०२० को अगस्टसम्ममा पुग्दा त अमेरिकामा टिकटक एकदमै लोकप्रिय थियो। सो समयमा २ अर्ब पटक टिकटक डाउनलोड भइसकको थियो। यसैगरी, ८ सय मिलियन जना सक्रिय प्रयोगकर्ता थिए। यी प्राय १८ देखि ३० उमेर समूहका थिए।

२०२० को ७ अगस्टमा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा टिकटक चलाउन प्रतिबन्ध लगाएका हुन्। चिनियाँ एपले कसरी डाटाहरू चोर्न सक्छन् भनेर अमेरिकाका सुरक्षा अनुसन्धानकर्ताले छानबिन गरेका थिए। २०२० मार्च र अप्रिलमा उनीहरूको धारणा आएको थियो। ९ अप्रिलका दिन उनीहरूको रिपोर्टको खाका तयार भएको थियो।

सन् २०२० को अगस्टमा के पत्ता लागेको थियो भने टिकटकले मिडिया एक्सेस कन्ट्रोल एड्रेस (एमएसी एड्रेस)को बारे जानकारी लिने गरेको रहेछ। यसरी टिकटकले १५ महिना यताको जानकारी लिनसक्छ। यसैमार्फत प्रयोगकर्ताको व्यक्तिगत बानी, जीवन यापनका शैली र दिनभरको गतिविधि समेत गोप्य नरहन सक्छ। टिकटक मार्फत लामो समय प्रयोगकर्ता ट्रयाकिङमा रहेको हुन्छ। यसै ट्रयाकिङ मार्फत प्रयोगकर्ताको सबै गोप्यता भङ्ग हुने जोखिम बढेको हुन्छ । वाल स्ट्रिट जनरलका प्रकाशित एक रिपोर्टका अनुसार पनि टिकटकमार्फत वाइटडान्सले प्रयोगकर्ता व्यक्तिगत विवरण लिने र यसलाई अन्य प्रयोग गर्ने गर्छ।

एक अनुसन्धानका अनुसार टिकटकले १५ महिना यताको जानकारी लिनसक्ने छ । अमेरिकामा गरिएको एक अध्ययन अनुसार यसको निर्माण र संरचना नै यसरी गरिएको छ कि हाम्रो केही पनि गोप्यता बाँकी नरहन सक्छ। 

अहिले संसारमा फेसबुक, ट्विटर, इन्सटाग्राम र टिकटक उस्तै सामाजिक सञ्जाल लाग्ने गरेका छन्। सबै सामाजिक सञ्जाल प्रयोग गर्दा हामीले त्यहाँ व्यक्तिगत विवरण भर्नै पर्ने हुन्छ। यसैमार्फत् ती डाटाहरू प्रयोगकर्तासम्म पुगेका हुन्छन्।

यसको मतलब हाम्रो डाटाको दुरुपयोग गर्ने ठाउँ हामीले डिभाइसमा साइनइन गरे पछि छाडिसकेका हुन्छौ। यी मध्य अन्य एप र टिकटकमा के फरक छ भने टिकटकले हामीबाट अनावश्यक बढी जानकारी लिइराखेका हुन्छन्। वाइटडान्सको यो एप चलाउन सहज छ र यसले दिने सुविधा पनि धेरै देखिन्छ। यसै कारण हामी धेरै अभ्यस्त हुँदै रमाउँदा हाम्रा धेरै गोप्यता भङ्ग हुने गरेका छन्।

अमेरिकामा गरिएको एक अध्ययन अनुसार यसको निर्माण र संरचना नै यसरी गरिएको छ कि हाम्रो केही पनि गोप्यता बाँकी नरहन सक्छ। तर, एउटा साँचो के हो भने अन्य सामाजिक सञ्जालमा धेरै व्यस्त हुनु या त्यस सञ्जालमै गोप्य कुरा राख्नु उपयुक्त भने मानिँदैन। तर, टिकटकले बैंक एकाउन्टका पासवर्डदेखि लिएर सबै कुराको जोखिम भने पक्कै हुँदैन।

टिकटकले सामाजिक सद्भाव भड्काएको तथा सामाजिक मर्यादामाथि खलबल गरेको आरोप पनि धेरै देशले लगाएका छन्। यस कारणले टिकटकलाई प्रतिबन्ध लगाउने देशमा इन्डोनेसिया र बङ्गलादेश पनि रहे।

राष्ट्रिय सुरक्षा र गोप्यतालाई ध्यानमा राख्दै बेलायतले पनि सन् २०२० मै आफ्नो फाइभ जी नेटवर्कबाट हुवाएलाई प्रतिबन्ध लगाएको थियो। राज्यको संरचनामा हुवाएको उपस्थिति हुन नहुने ठहर गर्दै सो निर्णय भएको थियो।

भारत र अमेरिका टिकटकका बारे कठोर भएपछि फ्रान्सेली डाटा वाचडग सिएनआइएलले पनि टिकटक माथिको निगरानी सुरु गरेको थियो। उनीहरूको अध्ययन युरोपेली नागरिकको डाटा कत्ति सुरक्षित छ भन्नेमा केन्द्रित थियो।

टिकटकले सामाजिक सद्भाव भड्काएको तथा सामाजिक मर्यादामाथि खलबल गरेको आरोप पनि धेरै देशले लगाएका छन्। यस कारणले टिकटकलाई प्रतिबन्ध लगाउने देशमा इन्डोनेसिया र बङ्गलादेश पनि रहे। यी दुवै देशले टिकटकमा पोस्ट गरिने भिडियो अश्लील ठहर गर्दै प्रतिबन्ध लगाएका हुन्। सन् २०१८ मै इन्डोनेसियाले यसलाई प्रतिबन्ध लगाएको थियो। सरकारले टिकटकका कारण बच्चाको आदत र संस्कार नै बिग्रने ठहर गरेको थियो।

अर्मेनियाले पनि महत्त्वपूर्ण राष्ट्रिय संवेदनशील विषयमा टिकटकमा अफवाह फैलाउन थालिएको भन्दै २०२० मा यसलाई प्रतिबन्ध लगाएको हो। योसँगै अजरबैजानले पनि टिकटलाई राष्ट्रिय सुरक्षाको खातिर भन्दै प्रतिबन्ध लगाईसकेको छ ।

त्यसो त सामाजिक सञ्जाल प्रयोगकर्ता सधैँ सचेत हुनु पर्छ। अनावश्यक रूपमा सक्रिय हुने तथा गोप्य कुरा राख्नु घातक नै हो। तर, चिनियाँ एप भने यत्ति धेरै घातक छन् कि ती एपमार्फत् ट्रेसिङ गर्दै हाम्रा सबै सूचनाको दुरुपयोग हुने जोखिम सधैँ रहन्छ।

यी एपहरू राष्ट्रिय गोपीयता र सुरक्षाका खातिर पनि घातक र जोखिम रहन सक्नेछन्। चिनियाँ एप मध्य टिकटकको प्रयोग नेपालमा पनि बढ्दो छ। कतै हामी हाम्रो देशको सबै सूचना अरूलाई दिई रहेका त छैनौ ? भन्ने कुरामा गम्भीर हुने समय पनि आइसकेको छ। यस्ता एपमाथि प्रतिबन्ध नलगाएर खुला छाडे यो जोखिमपूर्ण पनि हुनसक्ने छ।
(इमोनोमीक टाइम्स, फाइनान्सीयल एक्सप्रेस, मेकयुजअफडटकमको सहयोगमा)

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ७ : १६ बजे

गण्डकी प्रदेश प्रमुखद्वारा निजामती सेवा अध्यादेश प्रमाणीकरण

गण्डकी– गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश निजामती सेवा

जिल्ला र उच्च अदालतका २५ न्यायाधीशको सरूवा

काठमाडौं- न्याय परिषद्ले जिल्ला र उच्च अदालतका न्यायाधीशहरूको सरुवा गरेको

घरदैलोमै नगरवासीलाई सेवा

भोजपुर– योजनाको सफल कार्यान्वयनसँगै स्थानीय नागरिकलाई सहजरुपमा सेवा दिने लक्ष्यले

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि निरन्तर पहल

पोखरा– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्न लागेको

तीनकुनेको जग्गा ५० वर्षदेखि कब्जा, सरकारले केही गरेन : बालेन

काठमाडौं- महानगरपालिकाका प्रमुख बालेन शाहले तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि