म्यान्माका राष्ट्रपति भारत भ्रमणमा « Khabarhub

म्यान्माका राष्ट्रपति भारत भ्रमणमा


१६ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– म्यान्माका राष्ट्रपति मिन आङ ह्लाइङ राष्ट्रपति बने पछि पहिलो पटक छिमेकी राष्ट्र भारतको भ्रमणका लागि शनिबार भारत आइपुगेको जनाइएको छ ।  भ्रमणमा उहाँले, प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

भारत तथा म्यान्मा सरकारका अनुसार पूर्व सेना प्रमुख तथा म्यान्माका राष्ट्रपति ह्लाइङले आफ्नो पाँच दिने भ्रमणमा व्यापारिक प्रतिनिधिहरूसँग पनि भेट– वार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ । 

भारतको विदेश मन्त्रालयले ह्लाइङलको भ्रमणको जानकारी उल्लेख गर्दै विज्ञप्ति जारी गरेको छ भने प्रवक्ता रणधीर जयस्वालले भारतको पूर्वी राज्य बिहारमा  ह्लाइङलाइ स्वागत गरेको तस्वीरहरू सामाजिक सञ्जालमा पोस्ट गरेका छन्  । 

राष्ट्रपति मिन आङ ह्लाइङले बौद्ध तीर्थ–स्थल बोधगयाको भ्रमण बाट आफ्नो यात्रा सुरु गर्ने जनाइएको छ । जहाँ भगवान गौतम बुद्धले  बुद्धत्व प्राप्त  गर्नु भएको थियो ।

भ्रमणले बलियो आध्यात्मिक, ऐतिहासिक र जनता–जनताबीचको सम्बन्धलाई प्रतिबिम्बित गर्ने उल्लेख गर्दै जयस्वालले दुई देशहरू बीच चलिरहेको सहयोगलाई प्रतिबिम्बित गरेको बताएका छन् ।

उनले आगामी सोमबार नयाँदिल्लीमा प्रधानमन्त्री मोदी र राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको भारतको विदेश मन्त्रालयले जनाएको  छ ।

 भेटवार्तामा दुवै नेताहरूले दुई मुलुक बीचको सम्बन्धलाई कसरी अझ बलियो बनाउने भन्ने बारे छलफल गर्ने जयस्वालले नयाँ दिल्लीमा आयोजित पत्रकारहरूसँगको साक्षातकारमा बताएका छन् । 

दुई देशले कसरी आफ्नो आर्थिक सम्बन्धलाई बलियो बनाउन सकिन्छ भन्ने बारेमा पनि छलफल गर्ने योजना तयार भएको जनाइएको छ । 

मिन आङ ह्लाइङले गत अप्रिलमा म्यानमारको राष्ट्रपतिको रूपमा शपथ लिनु भएको थियो भने संसदीय अधिकारीहरूका अनुसार उहाँको शपथ ग्रहण समारोहमा छिमेकी राष्ट्रहरू चीन, भारत र थाइल्यान्डका साथै अन्य २० देशका प्रतिनिधिहरू उपस्थित थिए ।
 

प्रकाशित मिति : १६ जेष्ठ २०८३, शनिबार  २ : ०३ बजे

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका