बार्सिलोना घरेलु मैदानमा पराजित « Khabarhub

बार्सिलोना घरेलु मैदानमा पराजित


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना घरेलु मैदान नोउ क्याम्पमा रायो भालेकानोसँग १-० अन्तरले पराजित भएको छ ।

भ्रमणकारी टोलीका अल्भारो गार्सिया खेलको सातौँ मिनेटमा गरेको गोल नै निर्णायक बन्दा जाभी होर्नाण्डेजको बार्सिलोना घरेलु मैदानमा हार बेहोर्न बाध्य भएको हो ।

बार्सिलोनाको हारसँगै शीर्ष स्थानको रियल मड्रिडलाई फाइदा भएको छ । उसलाई अब एक अंक भए ३५औँ पटक स्पेनिस ला लिगाको उपाधि जित्नेछ ।

हारसँगै बार्सिलोना ३३ खेलबाट ६३ अंकसहित दोस्रो स्थानमा छ । समान अंकको सेभिया तेस्रो स्थानमा छ । जित निकालेको रायो भालेकानो ४० अंकसहित ११औँ स्थानमा छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ७ : १७ बजे

बलिउड अभिनेता हर्षवर्धन राणे नयाँ फिल्म ‘शूटआउट इन दुबई’सँग जोडिँदै

काठमाडौं– बलिउड अभिनेता हर्षवर्धन राणेलाई चर्चित ‘शूटआउट’ फ्रेन्चाइजको नयाँ अध्याय

निर्धारित समयभित्र काम सम्पन्न गर्ने व्यवसायी सम्मानित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ थप ५०

परपीडामा रमाएको राजनीति

केपी ओली नेतृत्वको सरकारले गरेको संसद् विघटनको प्रस्ताव सदर गर्दा

‘जीवनोपयोगी शिक्षा आवश्यक छ’

भक्तपुर– प्रधानसेनापति अशोकराज सिग्देलले समाज र राष्ट्रप्रति उत्तरदायित्व वहन गर्न

निःशुल्क आँखा शिविरमा ५१० जनाको परीक्षण 

गण्डकी– समय–समयमा आँखा परीक्षण नगराउँदा मोतियाबिन्दुको समस्या रहेको पाइएको छ