कलाकार खोज्दै ‘छड्के २.०’ « Khabarhub

कलाकार खोज्दै ‘छड्के २.०’


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्माण नहुँदै दशैँमा  प्रदर्शन मिति घोषणा गरिएको सिक्वेल फिल्म ‘छड्के’ ले कलाकार मागेको छ । 

सुटिङको सुरसार गर्दै मार्सल आर्ट्स सीप भएका कलाकार चाहिएको भन्दै सामाजिक सञ्जालमा फ्लायर सार्वजनिक गरेको निर्माण टिमले सबै उमेरका समूहका कलाकारको खोजी गरेको जनाएको छ ।  ग्याङस्टर विधाको फिल्मका लागि धेरै कलाकार चाहिने भएकाले सम्भवतः निर्माण टिमले अडिसनबाटै ती कलाकार छान्न लागेको हो । 

यस्तै निर्माण टिमले फिल्ममा राजेश हमाल, सुनिल थापा लगायतका अभिनेतालाई कास्ट गर्न कसरत समेत बढाएको । यद्यपि तय केही भइसकेको छैन । ‘छड्के’  रिलिजअघि प्रशस्त हाइप पाएको फिल्म मध्ये एक हो । 

लामो समयसम्म पहिलो दिन सबैभन्दा ज्यादा ग्रस गर्ने फिल्मको रुपमा अंकित थियो । फिल्मले रिलिजपछि भने तालीभन्दा ज्यादा गाली पाएको थियो । त्यसपछि ‘लालपूर्जा’ बनाएका निगम श्रेष्ठले ‘छड्के’ को सिक्वेल बनाउन लागेका हुन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  २ : ०७ बजे

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन

रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध