कलाकार खोज्दै ‘छड्के २.०’ « Khabarhub

कलाकार खोज्दै ‘छड्के २.०’


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्माण नहुँदै दशैँमा  प्रदर्शन मिति घोषणा गरिएको सिक्वेल फिल्म ‘छड्के’ ले कलाकार मागेको छ । 

सुटिङको सुरसार गर्दै मार्सल आर्ट्स सीप भएका कलाकार चाहिएको भन्दै सामाजिक सञ्जालमा फ्लायर सार्वजनिक गरेको निर्माण टिमले सबै उमेरका समूहका कलाकारको खोजी गरेको जनाएको छ ।  ग्याङस्टर विधाको फिल्मका लागि धेरै कलाकार चाहिने भएकाले सम्भवतः निर्माण टिमले अडिसनबाटै ती कलाकार छान्न लागेको हो । 

यस्तै निर्माण टिमले फिल्ममा राजेश हमाल, सुनिल थापा लगायतका अभिनेतालाई कास्ट गर्न कसरत समेत बढाएको । यद्यपि तय केही भइसकेको छैन । ‘छड्के’  रिलिजअघि प्रशस्त हाइप पाएको फिल्म मध्ये एक हो । 

लामो समयसम्म पहिलो दिन सबैभन्दा ज्यादा ग्रस गर्ने फिल्मको रुपमा अंकित थियो । फिल्मले रिलिजपछि भने तालीभन्दा ज्यादा गाली पाएको थियो । त्यसपछि ‘लालपूर्जा’ बनाएका निगम श्रेष्ठले ‘छड्के’ को सिक्वेल बनाउन लागेका हुन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  २ : ०७ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी