हेटौंडामा गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गराए « Khabarhub

हेटौंडामा गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गराए


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदका लागि सत्तारुढ गठबन्धनले उम्मेदवारी दर्ता गराएको छ ।

गठबन्धनको निर्णयअनुसार मेयर नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो भने उपमेयर नेपाली कांग्रेसको भागमा परेको थियो ।

साेही अनुसार मेयर पदमा नेकपा एसबाट मीनाकुमारी लामा र उपमेयरमा नेपाली कांग्रेसबाट राजेश बानियाँले उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनका उम्मेदवारहरूले र्‍यालीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

 

उम्मेदवारी दर्तापछि लामाले निर्वाचनमा जिते हेटौंडाको सबै वडामा खानेपानी, पूर्वाधार, खेलकुदलगायतका क्षेत्रमा विशेष जोड दिने बताइन् । प्राविधिक कृषि, महिला उद्यमीहरूलाई आर्थिक रुपान्तरणसँग जोडेर काम गर्ने उनको भनाइ छ । उपमेयरका उम्मेदवार राजेश बानियाँले शिक्षा, स्वास्थ्य, खेलकुदमा विशेष जोड दिँदै काम गर्ने बताए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ५ : ०७ बजे

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा