भक्तपुरमा आठ पदका लागि ५२ जनाको उम्मेदवारी « Khabarhub

भक्तपुरमा आठ पदका लागि ५२ जनाको उम्मेदवारी


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको चार वटा नगरपालिकामा मेयर र उपमेयर गरी कुल आठ पदका लागि ५२ जनाको उम्मेदवारी परेको छ ।

 त्यसमा पनि मेयर चार पदका लागि अत्याधिक वढी ३५ जनाको उम्मेदवारी परेको छ । उपमेयर चार पदका लागि १७ जनाको मात्रै उम्मेदवारी परेको छ । विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी यी उम्मेदवारी दर्ता भएका हुन् । 

जिल्ला निर्वाचनको कार्यालय भक्तपुरले जनाए अनुसार मेयरमा सबैभन्दा बढी मध्यपुर थिमिमा ११ जनाको उम्मेदवारी परेको छ । सबैभन्दा कम भने सूर्यविनायक नगरपालिकामा ७ जनाको मात्रै उम्मेदवारी परेको छ ।

मेयर पदका लागि भक्तपुरमा आठ जना र चाँगुनारायणमा नौ जनाको उम्मेदवारी परेको छ । नेपाली काङ्ग्रेससहितको सत्तारूढ गठबन्धन, नेकपा एमाले र नेपाल मजदुर किसान पार्टी प्रमुख शक्तिका रुपमा रहेका छन् । साथै पछिल्लो पटक राप्रपाको पनि चाँगुनारायण नगरपालिका क्षेत्रमा प्रभाव छ । 

नेपाली कांग्रेसले भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा सुरेन्द्र श्रेष्ठ, सूर्यविनायकमा निशान ढुंगेल, चाँगुनारायणमा जीवन खत्री र भक्तपुर नगरपालिकामा राम कासुलालाई मेयरको उम्मेदवार उठाएको छ ।

त्यसैगरी कांग्रेसले चाँगुनारायण नगरपालिकामा उपप्रमुख सुभद्रा काफ्लेलाई उम्मेदवार बनाएको छ । सत्तारूढ गठबन्धनबीचमा भक्तपुर, मध्यपुर थिमी र सूर्यविनायकमा गठबन्धन दलका अरु पार्टीलाई दिने सहमति भए अनुसार उम्मेदवार परेको छ ।

यसैगरी नेकपा एकीकृत समाजवादीलाई भक्तपुर र सूर्यविनायक नगरपालिकाको उपप्रमुख दिने गठबन्धन दलबीच सहमति भए अनुसार भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकामा उम्मेदवारी परेको छ । 

यता एमालेले मध्यपुर थिमीमा मदनसुन्दर श्रेष्ठलाई प्रमुख र उत्तरा नेपाललाई उपप्रमुख उठाएको छ । यसरी नै सूर्यविनायकमा वासुदेव थापा प्रमुख र सरिता भट्टराई उपप्रमुख, भक्तपुरमा रविन्द्र लाछिमस्यु प्रमुख र रञ्जना खर्बुजा उपप्रमुख र चाँगुनारायणमा बिना बाँस्तोला प्रमुख र रमेश बुढाथोकी उपप्रमुखमा उठाएको छ ।  

मदनसुन्दर मध्यपुर थिमीका हालका प्रमुख हुन् भने बासुदेव सूर्यविनायक नगरपालिकाका हालका प्रमुख हुन् । विना चाँगुनारायण नगरपालिकाका हालका  उपप्रमुख हुन् । उनीहरु तिनै जना एमालेबाट विजयी भएका थिए । 

यता भक्तपुरमा बलियो प्रभाव भएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भक्तपुर नगरपालिकामा पुरानै अनुहार दोहोरिएक छन् । नेमकिपाले प्रमुखमा सुनिल प्रजापति र उपप्रमुखमा रजनी जोशीलाई उठाएको छ ।

नेमकिपाबाट मध्यपुर थिमि नगरपालिकामा मेयरमा आशाहरि प्रजापति, उपमेयरमा दीक्षा बाडे श्रेष्ठ, चाँगुनारायण नगरपालिकामा प्रमुखमा केशव तिमल्सिना, उपप्रमुखमा कल्पना लामालाई उठाएको छ । यस्तै उक्त पार्टीबाट सूर्यविनायक नगरपालिकाको प्रमुखमा श्याम बिसंखे र उपप्रमुखमा चनमति खुलिमुलीलाई उम्मेदवार बनाएको छ ।  

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ७ : ४४ बजे

कञ्चनपुरको हुलाकी सडक आठ वर्ष बितिसक्दा पनि अधुरै

महेन्द्रनगर– तीस महिनामा निर्माण गरिसक्नुपर्ने समयावधि तोकिएको कञ्चनपुरको हुलाकी साढे

किसानलाई हरेक वर्ष मलकै अभाव

देवदह– हरेक वर्षझैँ यस वर्ष पनि किसानको उस्तै पीडा, चिन्ता

नयाँदिल्लीमा वायु प्रदूषण तीव्र, बिरामीहरूको सङ्ख्या बढ्दो

एजेन्सी–  पछिल्लो समयमा बढ्दो  वायु प्रदुषणका कारण भारतको नयाँदिल्ली लगायत

वीरगञ्ज भन्सार : चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व संकलन

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२-८३ को

कोशीमा मतदाता नामावलीका लागि एक लाख ५७ हजारको निवेदन

विराटनगर– कोशी प्रदेशबाट एक लाख ५७ हजार ६१३ जनाले मतदाता