कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुनः बुधबार बस्ने « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुनः बुधबार बस्ने


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने भएको छ ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिनुभएको जानकारी अनुसार पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले प्रस्तावित कार्यसूची प्रस्तुत गरेकाे जानकारी गराएका हुन् ।

महामन्त्री पौडेलले पेस गरे कार्यसूचीमा संगठनको आगामी कार्यभार, विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापन र स्थानीय निर्वाचनलगायत विषयमा छलफल हुने भएको कार्यवाहक मुख्य सचिव दुलालले जानकारी गराए ।

बैठकको कार्यसूचीमा सङ्गठनको आगामी कार्यभारअन्तर्गत ‘हामी तयार छौँ’ अभियान, भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापनलगायत नागरिक सरोकारका विषय समेटिएका छन् ।

त्यसैगरी, सरकारका पछिल्ला गतिविधि र आगामी स्थानीय निर्वाचनका विषयमा प्रारम्भिक छलफल गर्ने कार्यसूची पनि तय गरिएको छ । बैठकमा विविध विषयमा समेत छलफल हुने जनाइएको छ । आज दिउँसो बसेको बैठकको प्रारम्भमा सभापति थापाले समसामयिक राजनीतिक विषयवस्तुका सम्बन्धमा विशेष सम्बोधन गर्नुभएको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ८ : ३४ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुनः बुधबार बस्ने

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११

उपत्यकामा प्रदूषण जाँचमा परेका ३० प्रतिशतभन्दा बढी सवारीसाधन मापदण्डविपरीत

काठमाडौँ– काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै गएपछि सवारीसाधनबाट निस्कने धुवाँ

पाकिस्तान ए विरुद्ध नेपालले एकै ओभरमा गुमायो २ विकेट

काठमाडौं- एशिया कप इमर्जिङ स्टार्समा पाकिस्तान ए र नेपालबीच प्रतिस्पर्धा

यूएईको रस अल खैमाहमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई) को रस अल खैमाह इमिरेटमा