प्रहरी कार्यालयको शौचालयमा थुनुवा मृत फेला « Khabarhub

प्रहरी कार्यालयको शौचालयमा थुनुवा मृत फेला


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतको शौचालयमा एक थुनुवा मृत फेला परेका छन् । जबरजस्ती करणी उद्योगमा हिरासतमा रहेका कोहलपुर-१२ का ४६ वर्षीय कृष्णलाल कुँवर मृत फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज समेत रहेका प्रहरी नायव उपरीक्षक ऐनबहादुर मल्लले बुधबार बिहान करिब ५ बजे तिर कुँवर हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।

उनले भने, ‘हिरासत कक्षबाट ट्वाइलेट गएका कुँवर शौचालयको भ्यान्टिलेटरमा टिसर्टको पासो घाँटीमा लगाएर मृत्युवरण गरेको अवस्थामा भेटिएका हुन् ।’ मृतक कुँवरलाई प्रहरीले गत १९ वैशाखमा ७ वर्षे नाबालिकालाई जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा नियन्त्रणमा लिएर म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको थियो ।

स्थानीय र आफन्तको रोहबरमा आवश्यक मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमको लागि भेरी अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  १२ : २० बजे

संसद लगत्तै रास्वपा संसदीय दलको बैठक

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको

एमालेले ओली-लेखकको मुद्दा उठाउँदा कांग्रेस र अन्य प्रतिपक्षी मौन

काठमाडौं- नेकपा एमालेले बिहीबार सुरू भएको दुवै सदनको बैठकमा नेकपा

शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन महावीर पुनले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले नेपालको शिक्षा क्षेत्रलाई प्रभावकारी

राष्ट्रियसभा बैठक : कामका आधारमा सरकारको मूल्यांकन गरिने

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले नव गठित सरकारलाई रचनात्मक सहयोग

रामबहादुरले टिओबीको नाम लिँदा गृहमन्त्री गुरुङ डराएझैँ गरेर रिसाए ?

काठमाडौं– एमाले उपाध्यक्ष रामबहादुर थापाले संसदमा टिओबीको नाम लिँदा गृहमन्त्री