उत्तर कोरियाको हतियार परीक्षणलगत्तै अमेरिकी र दक्षिण कोरियाद्वारा सैन्य अभ्यास « Khabarhub

उत्तर कोरियाको हतियार परीक्षणलगत्तै अमेरिकी र दक्षिण कोरियाद्वारा सैन्य अभ्यास


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तर कोरियाले बुधबार परीक्षण गरेका तीन क्षेप्यास्त्रमध्ये पहिलो क्षेप्यास्त्र अन्तरमहादेशीय ब्यालेष्टिक क्षेप्यास्त्र रहेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

उत्तर कोरियाले परीक्षण गरेको दोश्रो क्षेप्यास्त्र भने बीच आकाशमै असफल भएको दक्षिण कोरियाली सेनालाई लाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ त्यस्तै, तेस्रो क्षेप्यास्त्र भने छोटो दुरीको ब्यालेष्टिक क्षेप्यास्त्र रहेको जनाइएको छ ।

उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणको जवाफस्वरुप अमेरिका र दक्षिण कोरियाले जमिनबाट जमिनमा मार हान्ने क्षेप्यास्त्र परीक्षण गरी सैन्य अभ्यास गरेका छन् ।

अभ्यासमा अमेरिकाका तर्फबाट ‘आर्मी ट्याक्टिकल मिसाइल सिस्टम’ तथा दक्षिण कोरियाली सेनातर्फबाट ‘ह्युन्मु–२ एसआरबीएम’ एकाइको सहभागिता रहेको जनाइएको छ ।

यस वर्ष उत्तर कोरियाले हतियार परीक्षणलाई तीव्र पारेको छ । यो वर्ष उत्तर कोरियाले हाइपरसोनिक क्षेप्यास्त्रदेखि अन्तरामहादेशीय क्षेप्यास्त्र सम्म परीक्षण गरिसकेको छ ।

यसअघि उत्तर कोरियाले आणविक परीक्षणस्थलको मर्मत गरेको समाचार सार्वजनिक भएसँगै उत्तर कोरियाले चाँडै आणविक हतियार पनि परीक्षण गर्नसक्ने अनुमान गरिएको छ । रोयटर्सका अनुसार उत्तर कोरियाले सन् २०१७ यता आणविक हतियार परीक्षण गरेको छैन ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  १ : ०९ बजे

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान