उत्तर कोरियाको हतियार परीक्षणलगत्तै अमेरिकी र दक्षिण कोरियाद्वारा सैन्य अभ्यास « Khabarhub

उत्तर कोरियाको हतियार परीक्षणलगत्तै अमेरिकी र दक्षिण कोरियाद्वारा सैन्य अभ्यास


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तर कोरियाले बुधबार परीक्षण गरेका तीन क्षेप्यास्त्रमध्ये पहिलो क्षेप्यास्त्र अन्तरमहादेशीय ब्यालेष्टिक क्षेप्यास्त्र रहेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

उत्तर कोरियाले परीक्षण गरेको दोश्रो क्षेप्यास्त्र भने बीच आकाशमै असफल भएको दक्षिण कोरियाली सेनालाई लाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ त्यस्तै, तेस्रो क्षेप्यास्त्र भने छोटो दुरीको ब्यालेष्टिक क्षेप्यास्त्र रहेको जनाइएको छ ।

उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणको जवाफस्वरुप अमेरिका र दक्षिण कोरियाले जमिनबाट जमिनमा मार हान्ने क्षेप्यास्त्र परीक्षण गरी सैन्य अभ्यास गरेका छन् ।

अभ्यासमा अमेरिकाका तर्फबाट ‘आर्मी ट्याक्टिकल मिसाइल सिस्टम’ तथा दक्षिण कोरियाली सेनातर्फबाट ‘ह्युन्मु–२ एसआरबीएम’ एकाइको सहभागिता रहेको जनाइएको छ ।

यस वर्ष उत्तर कोरियाले हतियार परीक्षणलाई तीव्र पारेको छ । यो वर्ष उत्तर कोरियाले हाइपरसोनिक क्षेप्यास्त्रदेखि अन्तरामहादेशीय क्षेप्यास्त्र सम्म परीक्षण गरिसकेको छ ।

यसअघि उत्तर कोरियाले आणविक परीक्षणस्थलको मर्मत गरेको समाचार सार्वजनिक भएसँगै उत्तर कोरियाले चाँडै आणविक हतियार पनि परीक्षण गर्नसक्ने अनुमान गरिएको छ । रोयटर्सका अनुसार उत्तर कोरियाले सन् २०१७ यता आणविक हतियार परीक्षण गरेको छैन ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  १ : ०९ बजे

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न

देउवा समूहलाई गगनको आग्रह- अदालत धाउने काम बन्द गर्नूस्

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको विवाद अन्त्य

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा