अन्तत: 'दोख' प्रदर्शनमा आउने  | Khabarhub Khabarhub

अन्तत: ‘दोख’ प्रदर्शनमा आउने 


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लामो समयको पर्खाइ पश्चात फिल्म ‘दोख’ प्रदर्शनमा आउने भएको छ । गाउँले परिवेश, जीवनशैली, द्वन्द्व र फुटबललाई विषय बनाएको फिल्मलाई अनुप बरालले निर्देशन गरेका हुन् ।

आउँदो महिना असार २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म २०७२ साल देखि नै निर्माणमा छ । भुइँचालोकै समयतिर बनाउन सुरू गरिएको फिल्मको छायांकन भुइँचालो गएपछि केही सयम रोकिएको थियो। कहिले भुइँचालो, नाकाबन्दी त कहिले कोरोनाका कारण फिल्म प्रदर्शनमा आउने समय धर्किँदै गएको फिल्मले अन्तत: प्रदर्शन तय गरेको हो ।

झट्ट हेर्दा माओवादी द्वन्द्वको कथा जस्तो लाग्ने फिल्म ‘दोख’ लाई निर्देशक बराल सामुदायिक बनको मुद्दालाई लिएर दुईवटा गाउँबीचको किचलो देखाएको बताउँछन् । यसको कालखण्ड भने माओवादी द्वन्द्वताकाकै हो । सामुदायिक बनको स्वामित्वलाई लिएर गाउँ विभाजित हुन्छ र उनीहरूले त्यसको विरासत हत्याउन खेलको माध्यम अपनाउँछन् । अर्थात फुटबल खेलमा जसले जित्छ, बनमाथि उनकै रजाईं चल्छ । तर, द्वन्द्वको बेला गाउँमा फुटबल खेल्ने युवाहरू पनि छैन ।

शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको यो फिल्मलाई राजन कटैतले लेखेका हुन् । फिल्ममा दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सजन थापामगर लगायतका कलाकारको अभिनय छ । केही समय अगाडि फिल्ममा समावेश ओएसटी सार्वजनिक गरिएको थियो । जसमा श्रवण मुकारुङको शब्द, झुमा लिम्बुको स्वर र पुष्पा संगमको संगीत रहेको   छ।

यसमा आभास र पुष्प संगमको संगीत समावेश छ। सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले कार्यकारी निर्माताको रुपमा छन् । फिल्म वितरणको जिम्मा काठमाडौँमा जिजिए ग्रुप र काठमाडौँ बाहिर एफडि कम्पनीले लिएको छ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  २ : २२ बजे

मनिता मृत्यु प्रकरण : चिकित्सकको पक्षमा काउन्सिल, निर्णय एकपक्षीय भएको पीडितको आरोप

उपचार क्रममा गरिएको लापरवाहीका कारण श्रीमती मनिता शर्माको मृत्यु भएको

इजरायलको धम्कीबाट विश्व समुदाय डराउनु हुँदैन : महासचिव गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजरायलको धम्कीबाट विश्व

गाजामा न्याय र शान्ति ल्याउन सबै पक्षले सहकार्य गर्नुपर्छ : रुस

एजेन्सी– रुसले गाजा क्षेत्रमा जारी हिंसा र मानवीय संकट अन्त्य

एमालेको आडमा अराजकता निम्त्याउने छुट कसैलाई छैन : पदम गिरी

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य पदम गिरीले एमालेको आडमा अराजकता

नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारिसाधन बाहिरिन पाउने

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात