तालिबानले महिला र बालिकाको अधिकार कटौती गरेको भन्दै राष्ट्रसंघद्वारा चासो व्यक्त « Khabarhub

तालिबानले महिला र बालिकाको अधिकार कटौती गरेको भन्दै राष्ट्रसंघद्वारा चासो व्यक्त


११ जेष्ठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा शासन चलाइरहेको तालिबान सरकारले महिला र बालिकाको अधिकारमा कटौती गरेको विषयमा चासो व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले यस विषयमा चासो व्यक्त गरेको समाचारमा जनाइएको छ ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले महिलाका मौलिक अधिकारका साथै उनीहरूको मानव अधिकारका विषयमा गम्भीर हुन पनि आग्रह गरेको छ ।

तालिबान सरकारले लगाएका प्रतिबन्धबाट महिलाहरूको शिक्षा, रोजगारीको अवसरबाट पनि उनीहरु बञ्चित हुन पुगेको भन्दै यस्ता प्रतिबन्धहरू तत्कालै हटाएर महिलाहरूलाई पनि पुरुष सरह शिक्षा तथा अन्य सांस्कृतिक अधिकारहरुमा सहभागी बन्न दिन सुरक्षा परिषद्ले आग्रह गरेको छ ।

केही समययता तालिबानले अफगानिस्तानका महिलाले विद्यालय जान नपाउने, कहिँ घुम्न जाँदा या सार्वजनिक स्थलमा जाँदा उसको पुरुष आफन्त या अभिभावक हुनुपर्ने तथा बुर्का लगाउनुपर्ने जस्ता नीति महिलाका लागि सार्वजनिक गरेको थियो ।

केही दिनअघिमात्रै तालिबानले अफगानिस्तानमा महिला समाचार वाचकले अनुहार छोप्नुपर्ने नियम ल्याएपछि पछिल्लो समय टेलिभिजनमा समेत महिलाहरुले बुर्का लगाएर समाचार पढ्न थालेको जनाइएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ३ : २३ बजे

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस