तालिबानले महिला र बालिकाको अधिकार कटौती गरेको भन्दै राष्ट्रसंघद्वारा चासो व्यक्त « Khabarhub

तालिबानले महिला र बालिकाको अधिकार कटौती गरेको भन्दै राष्ट्रसंघद्वारा चासो व्यक्त


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा शासन चलाइरहेको तालिबान सरकारले महिला र बालिकाको अधिकारमा कटौती गरेको विषयमा चासो व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले यस विषयमा चासो व्यक्त गरेको समाचारमा जनाइएको छ ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले महिलाका मौलिक अधिकारका साथै उनीहरूको मानव अधिकारका विषयमा गम्भीर हुन पनि आग्रह गरेको छ ।

तालिबान सरकारले लगाएका प्रतिबन्धबाट महिलाहरूको शिक्षा, रोजगारीको अवसरबाट पनि उनीहरु बञ्चित हुन पुगेको भन्दै यस्ता प्रतिबन्धहरू तत्कालै हटाएर महिलाहरूलाई पनि पुरुष सरह शिक्षा तथा अन्य सांस्कृतिक अधिकारहरुमा सहभागी बन्न दिन सुरक्षा परिषद्ले आग्रह गरेको छ ।

केही समययता तालिबानले अफगानिस्तानका महिलाले विद्यालय जान नपाउने, कहिँ घुम्न जाँदा या सार्वजनिक स्थलमा जाँदा उसको पुरुष आफन्त या अभिभावक हुनुपर्ने तथा बुर्का लगाउनुपर्ने जस्ता नीति महिलाका लागि सार्वजनिक गरेको थियो ।

केही दिनअघिमात्रै तालिबानले अफगानिस्तानमा महिला समाचार वाचकले अनुहार छोप्नुपर्ने नियम ल्याएपछि पछिल्लो समय टेलिभिजनमा समेत महिलाहरुले बुर्का लगाएर समाचार पढ्न थालेको जनाइएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ३ : २३ बजे

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

दैनिक एक हजार ५०० ई-राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने

काठमाडौं– राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन

वालेन्द्रको ‘लाज ढाक्न’ रविलाई भ्याइ-नभ्याइ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बनेका वालेन्द्र शाह देशमा गम्भीर

सुनसरी घटना : छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं– सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा