एन्फा निर्वाचन : नेम्वाङ समूहको उम्मेदवारी दर्ता « Khabarhub

एन्फा निर्वाचन : नेम्वाङ समूहको उम्मेदवारी दर्ता


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) को ६ असारमा हुने निर्वाचनका लागि अध्यक्ष पदका लागि उम्मेदवारी दिएका पंकजविक्रम नेम्वाङ समूहले उम्मेदवारी दर्ता गराएको छ ।

वर्तमान वरिष्ठ उपाध्यक्ष नेम्वाङले अध्यक्ष पदमा शुक्रबार नै उम्मेदवारी गर्दा गराइसके पनि उनको प्यानलका अन्यले आज (बुधबार) निर्वाचन समितिमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

नेम्वाङ पक्षको उम्मेदवारी घोषणा कार्यक्रममै वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष वीरबहादुर खड्कालाई उठाउने घोषणा गरिएको थियो । त्यहीअनुसार खड्काले बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा रहेको निर्वाचन समितिको कार्यालयमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराए ।

यसैगरी चार उपाध्यक्ष पदका लागि नेम्वाङ प्यानलबाट एनआरटी क्लबका सुन्दरनरसिंह जोशी, काठमाडौँ जिल्ला फुटबल संघका विराटजंग शाही, प्लानिङ ब्वाइज युथ क्लबका दावा लामा र धादिङ जिल्ला फुटबल संघका दीपक खतिवडाले उम्मेदवारी दर्ता गराए ।

१३ खुल्ला सदस्य पदका लागि ललितपुर जिल्ला फुटबल संघका पुरुषोत्तम थापा, भोजपुर जिल्ला फुटबल संघका प्रविण सुवाल, रौतहटका नेपाल कार्की, धनुषाका तपेश्वर राउत, काभ्रेका विकासनारायण श्रेष्ठ, जावलाखेल युथ क्लबका महेन्द्र क्षेत्री र मनाङ मर्स्याङ्दी क्लबका विजय घलेले आजै उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

नेम्वाङ प्यानलबाट यसअघि नै बाँके जिल्ला फुटबल संघका भोजराज शाही, सुर्खेत जिल्ला फुटबल संघका रविन्द्र चन्द र कैलाली जिल्ला फुटबल संघका अनिल मल्लले सदस्यमा उम्मेदवारी दर्ता गराइसकेका थिए ।

आगामी चार वर्षे कार्यकालका लागि ६ असारमा हुने निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले पनि प्यानलसहित उम्मेदवारी दर्ता गराइसकेका छन् । यसैगरी फ्रेन्ड्स क्लबका राजीव पौड्यालले पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ५ : १५ बजे

‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग

काठमाडौं– हुलाक सेवासम्बन्धी कानुन ‘हुलाक ऐन, २०१९’ र नीति समयानुकूल

नेप्से परिसूचक २४.६३ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि

विष्णु पौडेलको रिटमा सक्कल मिसिल झिकाउन सर्वोच्चको आदेश

 काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले दायर गरेको

वैशाखयता विपद्‌मा परेर १२१ को मृत्यु

काठमाडौं– वैशाख १ गतेदेखि असार १६ गतेसम्मको अवधिमा  देशभर भएका

सुस्तावासीको माग- भारतको सामना गर्न लालपुर्जा, नागरिकता र ‘जङ्गे पिलर’ देउ

काठमाडौं– नवलपरासी सुस्ता क्षेत्रका बासिन्दाले आफूहरू नेपाली नागरिक भएको प्रमाणपत्र