कप्तान सन्दीप सहित ६ राष्ट्रिय क्रिकेटरलाई ज्यापको प्रायोजन « Khabarhub

कप्तान सन्दीप सहित ६ राष्ट्रिय क्रिकेटरलाई ज्यापको प्रायोजन


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका ६ जना क्रिकेटरलाई क्रिकेट खेल सामग्री उत्पादन गर्ने भारतीय कम्पनी ‘ज्याप क्रिकेट’ ले प्रायोजन गरेको छ।

राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेसहित विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीलगायत युवा क्रिकेटर सुनिल धमला, भीम सार्की, देव खनाल र आदील अन्सारीलाई ज्यापले एक वर्षको लागि खेल सामग्री प्रायोजन गरेको हो । यसअघि नै ज्यापले महिला राष्ट्रिय क्रिकेटर सबनम राईलाई पनि प्रायोजन गरेको थियो। सम्झौतापछि खेलाडीहरूले खेल्ने सबैखाले प्रतियोगितामा ज्यापको ब्याटलगायत अन्य सामग्री प्रयोग गर्नेछन् ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रम माझ ज्यापका संस्थापक सिइओ भव्य भारध्वज र क्रिकेटरहरूले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता बापत एक वर्षको लागि ज्यापले अनुबन्धित क्रिकेटरहरूलाई सम्पूर्ण क्रिकेट सामग्री प्रदान गर्नेछ। खेलाडीसँगको अन्य सम्झौता भने कम्पनीले खुलाएको छैन ।

सम्झौता कार्यक्रममा ज्याप क्रिकेटका सिइओ भारध्वजले आगामी दिनमा अन्य क्रिकेटरहरूलाई समेत प्रायोजन गर्ने बचनबद्धता व्यक्त गरे। ‘नेपाली क्रिकेटसँग यात्रा सुरुवात गर्न पाउँदा उत्साहित छु। नेपाली क्रिकेटले पछिल्लो समय गरेको प्रगति उत्साहजनक छ । यो गतिले नेपाली टिम छिट्टै थप उचाइमा पुग्नेछ। त्यसैले क्रिकेटरहरूलाई विश्व स्तरीय क्रिकेट सामग्री प्रदान गर्दै खेलस्तर विकासमा सहयोग गर्न चाहन्छौँ, ‘ उनले भने ।

कप्तान सन्दीप लामिछानेले ज्याप क्रिकेटको सामग्रीहरू स्तरीय रहेको बताउँदै युवा क्रिकेटरहरूलाई पनि प्रायोजन गरेकोमा धन्यवाद व्यक्त गर्दै उनले भने, ुज्यापले स्तरीय क्रिकेट सामग्री उत्पादन गर्दै आएको छ। ज्यापको ब्याट पहिलो पटक प्रयोग गर्दा नै यसको स्तर र सन्तुलनले मलाई प्रभावित बनायो। त्यसैले म सबैलाई ज्यापको सामग्री प्रयोग गर्न सुझाव दिन्छु ।ु

यस्तै विकेटकिपर ब्याट्सम्यान भण्डारीले ज्यापको क्रिकेट अभ्यास गर्ने क्रममा प्रयोग गरेको र निकै स्तरीय लागेको प्रतिक्रिया दिए ।कार्यक्रममा ज्याप नेपालका प्रतिनिधि तथा पूर्व राष्ट्रिय क्रिकेटर लाक्पा लामाले ज्यापको सामग्री स्तरीय रहेको उल्लेख गर्दै क्रिकेटरलाई सामाग्री सुलभ र सहज उपलब्ध गराउने हिसाबले यो प्रायोजन गरेको बताए ।

 

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ७ : २० बजे

विदेशिएका नागरिकलाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्छ : सभामुख

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले नेपाललाई समृद्ध राष्ट्र बनाएर बाहिर

जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

जुम्ला– जुम्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ

भारतीय सुरक्षाकर्मीबाट दुःख पाएको भन्दै लालपुर्जा र नागरिकता माग्दै काठमाडौं आइपुगे सुस्तावासी

काठमाडौं– सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि मन्त्रीको अभिव्यक्ति आएलगत्तै भारतीय सुरक्षाकर्मीबाट आफूहरूले

पाँच सय जनाले पाए सुधारिएको चुलो

तुलसीपुर– तुलसीपुर उपमहानगरपालिकाले १९ वडामा २६ वटाका दरले ५०० वटा

रायोको सागमा भेटियो अत्यधिक मात्रामा विषादी 

काठमाडौं– कालिमाटीमा भक्तपुरबाट ल्याएको रायोको सागमा अत्यधिक विषादी देखिएको छ