कप्तान सन्दीप सहित ६ राष्ट्रिय क्रिकेटरलाई ज्यापको प्रायोजन « Khabarhub

कप्तान सन्दीप सहित ६ राष्ट्रिय क्रिकेटरलाई ज्यापको प्रायोजन


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका ६ जना क्रिकेटरलाई क्रिकेट खेल सामग्री उत्पादन गर्ने भारतीय कम्पनी ‘ज्याप क्रिकेट’ ले प्रायोजन गरेको छ।

राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेसहित विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीलगायत युवा क्रिकेटर सुनिल धमला, भीम सार्की, देव खनाल र आदील अन्सारीलाई ज्यापले एक वर्षको लागि खेल सामग्री प्रायोजन गरेको हो । यसअघि नै ज्यापले महिला राष्ट्रिय क्रिकेटर सबनम राईलाई पनि प्रायोजन गरेको थियो। सम्झौतापछि खेलाडीहरूले खेल्ने सबैखाले प्रतियोगितामा ज्यापको ब्याटलगायत अन्य सामग्री प्रयोग गर्नेछन् ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रम माझ ज्यापका संस्थापक सिइओ भव्य भारध्वज र क्रिकेटरहरूले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता बापत एक वर्षको लागि ज्यापले अनुबन्धित क्रिकेटरहरूलाई सम्पूर्ण क्रिकेट सामग्री प्रदान गर्नेछ। खेलाडीसँगको अन्य सम्झौता भने कम्पनीले खुलाएको छैन ।

सम्झौता कार्यक्रममा ज्याप क्रिकेटका सिइओ भारध्वजले आगामी दिनमा अन्य क्रिकेटरहरूलाई समेत प्रायोजन गर्ने बचनबद्धता व्यक्त गरे। ‘नेपाली क्रिकेटसँग यात्रा सुरुवात गर्न पाउँदा उत्साहित छु। नेपाली क्रिकेटले पछिल्लो समय गरेको प्रगति उत्साहजनक छ । यो गतिले नेपाली टिम छिट्टै थप उचाइमा पुग्नेछ। त्यसैले क्रिकेटरहरूलाई विश्व स्तरीय क्रिकेट सामग्री प्रदान गर्दै खेलस्तर विकासमा सहयोग गर्न चाहन्छौँ, ‘ उनले भने ।

कप्तान सन्दीप लामिछानेले ज्याप क्रिकेटको सामग्रीहरू स्तरीय रहेको बताउँदै युवा क्रिकेटरहरूलाई पनि प्रायोजन गरेकोमा धन्यवाद व्यक्त गर्दै उनले भने, ुज्यापले स्तरीय क्रिकेट सामग्री उत्पादन गर्दै आएको छ। ज्यापको ब्याट पहिलो पटक प्रयोग गर्दा नै यसको स्तर र सन्तुलनले मलाई प्रभावित बनायो। त्यसैले म सबैलाई ज्यापको सामग्री प्रयोग गर्न सुझाव दिन्छु ।ु

यस्तै विकेटकिपर ब्याट्सम्यान भण्डारीले ज्यापको क्रिकेट अभ्यास गर्ने क्रममा प्रयोग गरेको र निकै स्तरीय लागेको प्रतिक्रिया दिए ।कार्यक्रममा ज्याप नेपालका प्रतिनिधि तथा पूर्व राष्ट्रिय क्रिकेटर लाक्पा लामाले ज्यापको सामग्री स्तरीय रहेको उल्लेख गर्दै क्रिकेटरलाई सामाग्री सुलभ र सहज उपलब्ध गराउने हिसाबले यो प्रायोजन गरेको बताए ।

 

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ७ : २० बजे

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले

साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली

एमालेको आन्तरिक प्रतिष्पर्धा ‘जबज’को जीवन्त अभ्यास : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ

हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवासको अभाव

भक्तपुर– विभिन्न प्रकारको हिंसामा परेका बालबालिकालाई उद्धारपछि राख्ने सुरक्षित आवासगृहको