दोर्दी खोलाको २७ मेगावाट विद्युत् प्रसारण लाइन अभावले राष्ट्रिय ग्रिडमा जोडिएन « Khabarhub

दोर्दी खोलाको २७ मेगावाट विद्युत् प्रसारण लाइन अभावले राष्ट्रिय ग्रिडमा जोडिएन


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भएको २७ मेगावाटको दोर्दी जलविद्युत आयोजनाको विद्युत् प्रवाह हुने प्रसारण लाइन तयार नहुँदा राष्ट्रिय प्रणालीमा जोडिन सकेको छैन।

प्राधिकरणले उदीपुरदेखि मध्यमर्स्याङ्दीसम्मको ६ किलोमिटर लामो प्रसारण लाइन निर्माण पूरा नगर्दा आयोजनाको विद्युत् जोडिन नपाएको जलविद्युत आयोजनाका कार्यकारी प्रमुख गुरुप्रसाद ढकालले बताए । उनका अनुसार लाइनको १.८ किलोमिटर मात्र तार तान्न बाँकी छ ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको २२० केभी मर्स्याङ्दी कोरिडोर प्रसारण लाइन तयार नहुँदा आयोजना अहिलेसम्म पनि सञ्चालनमा आउन नसकेको हो । आयोजनाको सबै काम सम्पन्न गरेर परीक्षण गर्ने र प्राधिकरणले जाँच गरेसँगै वैशाखको पहिलो साताबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन गर्ने योजना भए पनि लाइन तयार नहुँदा विद्युत् खेर गइरहेको छ ।

विसं ०७२ फागुनबाट निर्माण सुरु गरेको यस आयोजनाले विसं ०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । पछि समय थपेर विसं ०७६ चैत मसान्तसम्ममा निर्माण सक्ने सम्झौता गरे पनि सोही अवधिमा पनि निर्माण सम्पन्न नभएपछि विसं ०७६ असारसम्म सक्ने गरी सम्झौता भएको थियो । सो समयमा पनि निर्माण सम्पन्न गर्न नसकेपछि विसं ०७६ पुस महिनामा बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अघि बढेको थियो ।

सो समयमा पनि बिजुली उत्पादन गर्न नसकेपछि विसं ०७७ चैत महिनासम्म बिजुली उत्पादन गर्ने लक्ष्य राखेपनि सम्पन्न भएन । सो पश्चात् फेरि वैशाखदेखि उत्पादन गर्ने योजना भए पनि लाइन समस्याले गर्दा विद्युत् जोडिन पाएन । नाकाबन्दी, अघिल्लो वर्षायाममा विद्युतगृहमा मर्स्याङ्दी नदीको पानी छिरेर मेसिनरी सामानमा पुराएको क्षति, कोरोनाका कारण जारी निषेधाज्ञा र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले ढिलाइ हुन पुग्दा निर्धारित समयमा काम सम्पन्न नभएको आयोजनाले जनाएको छ ।

आयोजना सम्पन्न गर्न सुरुमा ४ अर्ब २३ करोड रुपैयाँ लाग्ने अनुमानका साथ निर्माण थालनी गरेपनि निर्माण अवधि लम्बिँदै गएकाले ४ अर्ब ६४ करोड रुपैयाँसम्म खर्च भएको अनुमान गरिएको छ । आयोजनामा गैरआवसीय नेपाली सङ्घ ९एनआरएनए० को ३५।७ प्रतिशत, आइएमई समूहको ३४।३ प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ७ : ३६ बजे

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले

साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली

एमालेको आन्तरिक प्रतिष्पर्धा ‘जबज’को जीवन्त अभ्यास : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ

हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवासको अभाव

भक्तपुर– विभिन्न प्रकारको हिंसामा परेका बालबालिकालाई उद्धारपछि राख्ने सुरक्षित आवासगृहको