फाइल फोटो

मनोरञ्जन

विवाह संस्कृति र प्रेमकथामा ‘वर एण्ड वधु’ बन्ने

By खबरहब

May 25, 2022

काठमाडौँ- निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने नयाँ फिल्म ‘वर एण्ड वधु’ को घोषणा भएको छ ।

काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माण हुने घोषणा गरिएको हो । विवाह संस्कृति र प्रेमकथामा आधारित रहेर बन्ने फिल्म ‘वर एण्ड वधु’ मार्फत अभिनेताको रुपमा विवेक कर्माचार्यले डेब्यु गर्दैछन् । फिल्ममा आँचल शर्मा , विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, किरण केसी, बुद्धि तामाङ, हिमेश पन्त, रविना केसी र सृष्टि खड्काको समेत अभिनय रहनेछ । साम्राज्ञी राज्यलक्ष्मी शाह केमियो भूमिकामा हुनेछिन् ।

आँचलले आफूलाई नायिका जस्तो फिल भएको बताइन । ‘यस किसिमको कार्यक्रममा कमै सहभागिता जनाइन्छ । मलाइ अगाडी हिड्दा पनि नर्भस फिल भइरहेको थियो । मैले मिलन दाइलाई नजिकबाट चिने पनि सहकार्य पहिलो पटक हो । आसा छ, हामीले राम्रो गर्छौ’ आँचलले भनिन् ।

नेपालीसँगै हिन्दी भाषामा निर्माण हुने फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन् । अन्तर्राष्ट्रिय बजारको खोजीमा फाइदा पुग्ने उदेश्यले हिन्दी भाषामा समेत फिल्मलाई निर्माण गर्न लगिएको निर्देशक चाम्सले बताए । विवाहको परम्परालाई मनोरञ्जनात्मक तरिकाले फिल्ममा प्रस्तुत गरिने बताएका निर्देशक चाम्सले यो फिल्मलाई रोमानिया, इटाली, फ्रान्समा पनि छायांकन गर्दैछन् ।

‘हामीले फरक किसिमले फिल्म बनाउने कोसिस गरेका छौँ । नेपाली फिल्मलाई दर्शकको अपेक्षा अनुसार सकारात्मक ढंगले अगाडी बढाउनसके गाह्रो हुन्छ । हामी पूर्णरुपमा मनोरन्जनात्मक फिल्म बनाउने कोसिसमा छौँ’ निर्देशक चाम्सले भने ।

डेब्यु ब्वाई विवेकले आफू केहि नर्भस रहेको सुनाए । ‘डेब्यु फिल्ममै यति ठुलो व्यानरसँग सहकार्य हुँदैछ । त्यसैले गर्दा पनि म केहि नर्भस छु । यद्यपि आँचलजीसँग केमेस्ट्री राम्रो हुनेमा विश्वस्त छुु विवेकले भने ।’ जेठ अन्त्यदेखि छायांकन सुरु गर्ने तयारी निर्माण पक्षको रहेको छ । फिल्ममा अर्जुन पोखरेल र युग भुसालको संगीत र रविन्द्र सुवेदीको छायांकन हुने भएको छ । एलआरके इन्टरटेनमेन्टले निर्माण गर्ने फिल्मको बजेट तीन करोड रुपैयाँ बताइएको छ ।