एकीकृत समाजवादीद्वारा जनप्रतिनिधिलाई सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन     « Khabarhub

एकीकृत समाजवादीद्वारा जनप्रतिनिधिलाई सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन    


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तहमा निर्वाचित आफ्ना नेतालाई यही जेठ १७ गतेभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।

पार्टीका महासचिव डा बेदुराम भुसालले आज विज्ञप्ति जारी गरी जनप्रतिनिधिलाई निर्धारित समयमा आआफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिँदै अनियमितता र भ्रष्टाचारमुक्त भई सरल जीवनशैली र असल आचरण अवलम्बन गर्न निर्देशन दिइएको छ ।

पार्टीको निर्णय र निर्देशनको पालना गर्न आग्रह गरिएको विज्ञप्तिमा जनताको हितलाई केन्द्रबिन्दुमा राखेर निर्वाचनमा जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न सुझाइएको छ ।

विज्ञप्तिमा ऐन तथा कानुनको परिधिमा रहेर इमान्दारिता र कर्तव्य निष्ठापूर्वक मुलुक र जनताको हितमा कार्यसम्पादन गर्न र निजी स्वार्थबाट टाढा रहन निर्देशन दिइएको छ ।


प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ९ : ०१ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट