विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ « Khabarhub

विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  विदेश पटाइदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

चितवनको भरतपुर महानगरपालिका वडा नं. ९ स्थायी घर भई काठमाडौंस्थित टोखामा बस्ने सुजनराज पाण्डे ठगीको आरोपमा पक्राउ परेका हुन् । उनले टिपिकल क्लोथीङ एण्ड क्राफ्ट स्टोर नामक कम्पनीको नाममा युरोपका जुनसुकै देशमा बिजनेस भिसा लगाइदिने भन्दै ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सुचना अधिकृत प्रहरी उपरिक्षक कृष्ण कोइरालाले जानकारी दिए ।

कोइरालाका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई मंगलबार नै पक्राउ गरेको हो । पक्राउ परेका पाण्डे विरुद्ध ठगी कसुर अन्तरगत थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ९ : १८ बजे

अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग

काठमाडौं– चार राजनीतिक दलका भ्रातृ सङ्गठनले निर्वाचनसम्बन्धी अध्यादेशमा अपाङ्गता भएका

विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला

काठमाडौं– प्युठानको स्वर्गद्वारी नगरपालिका-७ भैँसेलोटे बस्ने ३० वर्षीय झक बहादुर बुढा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

मोरङ– विराटनगर महानगरपालिका-११ जनपथ टोलस्थित सडकमा प्र-१-०२-०५७ प २२०३ नम्बरको मोटरसाइकल र

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

मोरङ– १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मिक्लाजुङ गाउँपालिका-१ कोलबोटे बस्ने

चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

चितवन– माडी नगरपालिका-२ ढिकोन टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १३ ट्याब्लेट